मंगलबार, जेठ ८, २०८१

युरोकप २०२०

२५ वर्षपछि पहिलोपटक अन्तिम चारमा इंग्ल्याण्ड, कस्ले मार्ला बाजी ?

आयुश राठौर २०७८ असार २३ गते १५:१५

काठमाडौँ । जारी १६ औँ संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज बुधबार राति १२ः४५ बजे हुँदैछ । दोस्रो सेमिफाइनल इंग्ल्याण्ड र डेनमार्कको खेल वेम्बली स्टेडियममा प्रतिस्पर्धा हुने भएको हो ।

Advertisement

आज दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । आजको दुई ठूला टिमबीचको खेल रोमाञ्चक हुने भएको छ ।

यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजीत गरेको हो ।

इंग्ल्याण्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको सानदार जित निकाल्दै अन्तिम चारमा पुगेको हो । यस्तै राउण्ड अफ १६ मा उपाधि दाबेदार जर्मनीलाई २–० गोलको अन्तर इंग्ल्याण्डले पराजीत गरेको थियो ।

डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोलले हराएर सेमिफाइनलमा पुगेको हो । त्यसअघि डेनमार्कले प्रि क्वाटरफाइनलमा वेल्सलाई ४–० गोलले पराजित गरेको थियो ।

इंग्ल्याण्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्याण्ड १२ खेलमा जित निकाल्दा ५ खेल बराबरीमा सकिएको छ, भने डेनमार्कले ४ खेल जितेको छ ।

इंग्ल्याण्ड अहिलेसम्म कहिल्यै युरो च्याम्पियनशिपको फाइनलमा गएको छैन । सन् १९९२ पछि सेमिफाइनलमा इग्ल्याण्ड पहिलोपटक पुगेको हो ।

यता डेनमार्क भने चौथोपटक युरोकपको सेमिफाइनलमा पुगेको हो । यसअघि सन् १९६४, १९८४ र १९९२ मा पुगेको थियो ।

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया