बिहीबार, वैशाख १३, २०८१

को हुन् बलिउडका ‘ट्रयाजेडी किङ’ दीलिपकुमार ?

मेरोन्यूज २०७८ असार २३ गते १३:०७

काठमाडौं । बलिउडका अभिनेता दिलीप कुमारको आज विहान निधन भएको छ । उनको ९८ बर्षको उमेरमा मुम्बईको खार हिन्दुजा अस्पतालमा उपचारका क्रममा निधन भएको सो अस्पताल जनाएको छ ।

लामो समयदेखि विरामी भएका दिलीप कुमार सास फेर्न समस्या भएपछि जून ३० अस्पतालमा भर्ना भएका थिए । उनको आज बुधबार विहान ७ः३० मा मृत्यु भएको भारतीय समाचार संस्थाले जनाएको छ ।

को हुन् दिलिप कुमार ?

बलिउडमा आफ्नो छुट्टै पकड जमाएका अभिनेता दिलिप कुमारको जन्म युसुफ खान डिसेम्बर १९२२ मा भारतको पेशावरमा भएको थियो तर भारत र पाकिस्तानको विभाजन पछि उक्त क्षेत्र अहिले पाकिस्तानमा पर्दछ । दिलीप कुमारको निधनको दुखद समाचार उनको परिवारका मित्र फैसल फारुकीले पौराणिक अभिनेताको आधिकारिक ट्विटर ह्यान्डलमा सार्वजनिक गरिएको थियो ।

उनले १९६६ मा सायरा बानोसँग विवाह गरेका थिए । एक साथ धेरै हिट फिल्महरूमा अभिनय गरे। कुमार अन्तिम पटक १९९८ मा एक फिल्ममा देखा परेका थिए ।

बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनाम पाएका दीलिपकुमारले फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए। यो अवधिमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। उनको वास्तविक नाम युसुफ खान हो।

देवदास (१९५५), नयाँ दौर (१९५७), मुघल-ए-आजाम (१९६०), गंगाजमुना(१९६१), क्रान्ति (१९८१), कर्म (१९८६) लगायत फिल्ममा उनको अभिनय निकै सशक्त छ।

उनले पद्म विभुषण, पद्म भुषण र दादासाहेव फाल्के अवार्ड पाएका थिए। भारतमा मात्र होइन उनले पाकिस्तानको सबैभन्दा उच्च नागरिक सम्मान निशान-ए-इम्तियाजबाट पनि सम्मानित भएका थिए।

प्रतिक्रिया