शुक्रबार, वैशाख १४, २०८१

सिमराबाट भन्सार छलेर ल्याईएको ३० लाख बराबरको मोबाइल सहित एक पक्राउ

मेरोन्यूज २०७८ असार २३ गते १२:३९

काठमाडौं । बाराको सिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्ज सडकबाट भन्सार छलेर ल्याइएका ३० लाख बराबरको मोबाइल बरामद गरेको छ ।

प्रदेश २-०३.००१ च १४३ नम्बरको बोलेरोबाट प्रहरीले विभिन्न कम्पनीका १५ सय २० थान मोबाइल बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

गाडी र मोबाइलसहित चालक बारा कोल्वी नगरपालिका-४ का पदमबहादुर घिमिरेलाई पक्राउ गरिएको सिमराका प्रहरीले जानकारी दिए ।

बरामद भएका मोबाइलमा माइक्रोम्याक्स कम्पनीका बढी छन् ।

प्रतिक्रिया