शुक्रबार, वैशाख ७, २०८१

सुनको मूल्यमा ४ सय रुपैयाँ वृद्धि

मेरोन्यूज २०७८ असार २३ गते ११:५३

काठमाडौँ । सुनको मूल्यमा बुधबार ४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ सय रुपैयाँले बढ्दै ९२ हजार २ सय रुपैयाँ कायम भएको हो ।

गत मंगलबार बजारमा सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्यमा समेत ४ सय रुपैयाँ वृद्धि भएको छ । यससँगै प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कारोबार भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले घटेको छ । यससँगै एक हजार ३२० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया