बिहीबार, वैशाख ६, २०८१

एमाले कार्यदल बैठक आज पनि बस्दै

मेरोन्यूज २०७८ असार २३ गते ९:३२

काठमाडौं । नेकपा (एमाले) को कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बिहान साढे ८ बजे बस्ने भनिएको बैठक १०.३० सरेको हो । उक्त बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने छ ।
यसअघि मंगलबार बसेको बैठकमा पार्टीमा देखिएको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा कार्यदल सदस्यहरुले धारणा राखेका थिए । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ  ।

तीन बुँदे सहमतिको प्रयास कार्यदल तहमा खोजी जारी छ । पार्टीलाई जेठ २ मा फर्काउने र त्यसवेलाका सम्पूर्ण पार्टी संरचना क्रियाशिल गराउने, प्रतिनिधिसभा विघटनका सर्न्दभमा अदालतमा पुगेको मुद्दामा अब अदालतले जे निर्णय दिन्छ । त्यसलाई दुवै पक्षले मानेर जाने, त्यसमा आग्रह-पूर्वाग्रह नराखिने र अदालतको निर्णयपछि भने अब के गर्ने भन्नेमा एमालेको बैठक बसेर गर्ने निर्णयलाई दुवै पक्षले मानेर एकताबद्ध भएर जाने गरी छलफल अगाडि बढेको नेताहरूको भनाई छ ।

प्रतिक्रिया