बुधबार, वैशाख १२, २०८१

बलिउड अभिनेता दिलिप कुमारको निधन

मेरोन्यूज २०७८ असार २३ गते ९:०४

काठमाडौं । भारतीय अभिनेता दिलिप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएपछि उनलाई हालै अस्पताल भर्ना गरिएको थियो।

बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा उपचारका क्रममा निधन भएको सो अस्पतालका डाक्टर पार्करले जनाएका छन् । उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन्। उनीहरूका सन्तान छैनन्।

प्रतिक्रिया