आइतबार, जेठ ६, २०८१

यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

मेरोन्यूज २०७८ असार २३ गते ८:०८

काठमाडौं । आज दिउँसो देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का केही स्थान धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Advertisement

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैगरी,आज राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

यसैबीच, मौसमविद् मीनकुमार अर्यालले काठमाडौंमा १२ बजेपछि सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको बताउँछन् । उनका अनुसार आज काठमाडौंको अधिकतम तापक्रम २७–२९ डिग्री सेल्सियससम्म पुग्ने छ ।

प्रतिक्रिया