आइतबार, जेठ ६, २०८१

आजको राशिफल : आषाढ २३ गते बुधबार

मेरोन्यूज २०७८ असार २३ गते ६:१०


काठमाडौं । आज २०७८ साल आषाढ महिनाको २३ गते बुधबार, आषाढ कृष्णपक्षको त्रयोदशी तिथि ।अब लागौं आजको राशिफलतर्फ ।

Advertisement

मेष
आफ्नो कुरा राम्रोसँग खोल्न नचाहने अन्तरमुखी स्वाभाव हुने छ । परिवारमा बादबिबादका क्रम चल्ने छ । फलामजन्य कारोवार, हार्डवेयर, निर्माण सामग्री, सार्वजनिक सवारीसाधन, ग्यारेज जस्ता पेशालाई सकारात्मक देखिन्छ । आम्दानीमा बृद्धि हुने छ ।

वृष
दोहोरो विचारले गर्दा व्यक्तित्व पनि दोहोरो खालको अनुभव अरुले गर्ने छन् । ग्रिल उद्योग, भाडाका सवारीसाधन, विषादीको कारोवार, रसायनिक फलको कारोवार, सार्वजनिक यातायात, श्रम जगतमा कार्यरतहरुलाई अनुकुल रहने छ ।

मिथुन
दृढ व्यक्तित्व हुन जाने छ । तर मनमा देखा पर्ने दुविधाले भित्र भने दुविधात्मक व्यक्तित्व बनाइ दिने छ । सम्पत्ति तथा वित्तिय सञ्चिती नोक्सानी हुन सक्ने भएकाले सचेत रहनु होला । नोकरी, श्रम क्षेत्र, सेवा क्षेत्र, सार्वजनिक सवारीसाधन, घर घडेरीको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय प्रतिकुल देखिन्छ ।

कर्कट
आफ्नो उद्देश्य र लक्ष्य प्रति समर्पित हुने स्वाभाव हुने छ । तर मनोबल कमजोर हुने भएकाले बाहिरबाट हेर्दा कमजोर व्यक्तित्व देखा पर्दा अरु व्यक्तिहरुले हेप्ने तथा पेल्ने प्रयास गर्ने छन् । अध्ययन अध्यापनमा मन केन्द्रीत हुने छैन् ।

सिंह
संयम रही पाइला चाल्नु पर्ने समय रहेको छ । पेशागत जीवनमा बादबिबादको अवस्था आउने तथा त्यसको सामना गर्नु पर्ने छ । पेशागत विषयमा मनमा दुविधाले सताउने हुँदा निर्णय क्षमताको अभाव देखा पर्ने छ । साझेदारीमा गरिएका क्षेत्रमा द्वन्द देखा पर्ने छ ।

कन्या
भाग्यको साथ रहेकाले सकारात्मक नतिजाहरु प्राप्त हुने छन् । आम्दानीको हकमा भने सोचेको जति प्राप्त नभए पनि निरन्तर कदम चालि रहनु होला । स्टेसनरी, पुस्तक पसल, अध्यापन, शिक्षण, शिक्षा क्षेत्र, व्यवस्थापन जस्ता क्षेत्रमा आवद्धहरुलाई अनुकुल देखिन्छ ।

तुला
आम्दानीमा थोरै भए पनि बृद्धि हुन जानेछ । मनमा भने दुविधाले सताउँदा उदासिनता देखा पर्ने छ । परिवारमा झैझगडाको अवस्था आउने छ । बोलीको प्रभाव पनि घट्न पुग्ने भएकाले संयमित भएर मात्र बोल्ने गर्नु होला । कमजोर मनोबल भएको व्यक्तित्व हुने भएकाले त्यसको प्रभाव पेशागत जीवनमा पर्ने देखिन्छ ।

वृश्चिक
मनमा निराशावादी चिन्तनले घेर्ने छ । नैराश्यताका कारण जोश तथा जाँगरको अभाव हुनेछ । भाग्यले साथ नदिएकाले औसत अवस्थालाई जोगाई राख्न सक्नु पनि उपलब्धि हुने भएकाले धेरै लक्ष्य र महत्वाकांक्षातर्फ नजानु उचित हुने देखिन्छ । प्रशासन, राजनीति, बैंकिङ्ग क्षेत्र, व्यवस्थाकीय तह, वाणिज्य क्षेत्र आदीमा सहभागिहरुलाई संयमित रहनु उपयुक्त हुने छ ।

धनु
मनमा दोहोरो विचार निरन्तर आइ रहँदा निर्णय लिन नसक्ने व्यक्तित्व देखा पर्ने छ । मेहनत गरी प्राप्त कमाई गलत क्षेत्रमा वा सामान्य क्षेत्रमा अनावश्यक रुपमा खर्च हुने चुनौति रहेकाले संयम रहनु होला । लेखक, पत्रकारिता, बोलेर खाने पेशा, स्टेसनरी, छालाजन्य कारोवार, आदीमा संलग्नहरुलाई समय प्रतिकुल रहने छ । सेवा क्षेत्र र श्रमिकलाई भने अनुकुल रहने छ ।

मकर
दृढ व्यक्तित्व हुने छ । रिस भने नियन्त्रण गर्ने प्रयास गर्नु होला । दाम्पत्य जीवनमा बिबाद चर्किने हुँदा उत्साहपूर्ण हुने छन् । आम्दानीको हकमा राखिएको लक्ष्य जति प्राप्त हुने छैन् । साझेदारीमा गरिएका काममा अवरोधहरु देखा पर्ने भएकाले चनाखो रहनु होला । प्रतिष्पर्धात्मक क्षमता हुने कठिन परिस्थिति सामना गर्न सक्ने आँट आउने छ ।

कुम्भ
आम्दानीमा केही बृद्धि हुने छ । ज्ञानको क्षेत्रमा पनि प्रगति हुने छ । विदेश जाने विषय अनुकुलतातर्फ जाने छ । पेशागत क्षेत्रमा भने समस्याहरु देखा पर्ने भएकाले पेशागत विषयमा बादबिबाद भन्दा संयमिताबाट अघि बढ्नु नै बुद्धिमानी हुने देखिन्छ । धेरै जोखिमपूर्ण कदम भन्दा हालको परिस्थितिलाई निरन्तरता दिने प्रयास गर्नु उपयुक्त हुने छ ।

मीन
आफ्नो लक्ष्य प्रति दृढ भई लागि परिरहने स्वाभाव हुने छ । तर समय धेरै उत्साही भई अत्यन्त जोखिमपूर्ण कदम चाल्ने भने रहेका छैन् । पेशागत जीवनमा गुमाउने अवस्था आउने भएकाले संयमित रहनु होला । अध्यापन, शिक्षण, स्टेसनरी, वकालत, धार्मिक वस्तुको कारोवार जस्ता पेशामा आवद्धहरुलाई समय धैर्यतासहित कदम चाल्नु पर्ने खालको देखिन्छ ।

प्रतिक्रिया