बिहीबार, वैशाख १३, २०८१

निर्वाचन आयोगले इजलासमार्फत जसपाको आधिकारिकता टुङ्ग्याउने

मेरोन्यूज २०७८ असार २२ गते २१:३१

काठमाडाैं । सत्ता समीकरणका दौरानमा दुई धारमा विभाजित भएको जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद थप चुलिँदै गएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेतृत्व गरेको समूह र अर्का अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको समूहले निर्वाचन आयोगमा आधिकारिकतालाई लागि दिएको निवेदनमा केही समयअघि आयोगले दुवै समूहलाई आधिकारिकता दिएको थिएन ।

पछि दुवै समूहले आधिकारिकता दाबी गर्दै आयोगलाई थप ध्यानाकर्षण गराएका थिए । जसपाको विवाद निरुपण सन्दर्भमा निर्वाचन आयोगले आज जसपाका यादव र ठाकुर दुवैसहितका नेतालाई आयोगमा बोलाएर छलफल गरेको छ । पार्टीको आकिारिकता विवाद हल गर्न आयोगले बोलाएको संयुक्त बैठकमा दुवै पक्षका नेता विभाजित हुन सहमत भएका छन् ।

जसपाको आधिकारिकताबारे आयोगले अब एक साताभित्र इजलास गठन गरी कानून व्यवसायीको परामर्श लिएर उनीहरूको निर्णयका आधारमा आयोग ठोष निष्कर्षमा पुग्ने छ ।

प्रतिक्रिया