बिहीबार, वैशाख १३, २०८१

डिजेल, पेट्राेल, एलपी ग्यास र हवाई इन्धनकाे मूल्य बढ्याे

मेरोन्यूज २०७८ असार २२ गते २१:२३

काठमाडाैं । नेपाल आयल निगमले डिजेल, पेट्राेल, एलपी ग्यास र हवाई इन्धनकाे मूल्य बढाएकाे छ । निगम सञ्चालक समिति बैठकले डिजेल, पेट्राेल र मट्टितेलकाे मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएकाे हाे । यस्तै एलपी ग्यासमा प्रति सिलिण्डर २५ रूपैयाँ र आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएकाे छ ।

मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ पुगेकाे छ । आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ८४ रुपैयाँ पुगेकाे छ । त्यस्तै खाना पकाउने ग्यासकाे मूल्य एक हजार ४२५ पुगेकाे छ ।

यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

प्रतिक्रिया