शनिबार, वैशाख ८, २०८१

टिचिङ अस्पतालको उपनिर्देशकमा डा.सन्तकुमार दास

मेरोन्यूज २०७८ असार २२ गते १६:१४

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को उपनिर्देशकको डा. सन्तकुमार दासलाई जिम्मेवारी दिइएको छ।
उनलाई अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लले उपनिर्देशक पदका लागि सिफारिस गरेका थिए।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीन प्राडा दिव्यासिंह शाहले उपनिर्देशकको जिम्मेवारी दिएकी हुन्।

डा. दास यसभन्दा अगाडी कोरोना युनिट इन्चार्जको जिम्मेवारीमा थिए।

उपनिर्देशक कार्यकाल दुई वर्षको हुनेछ। डा. दास यसअघि अस्पतालको कोभिड संयोजक समेत रहेका थिए ।

प्रतिक्रिया