शुक्रबार, चैत १६, २०८०

जसपाको आधिकारिकता कसलाई ? अध्यक्षहरू यादव र ठाकुरको आफ्नै दाबी

मेरोन्यूज २०७८ असार २२ गते १४:४७

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) विभाजनको अन्तिम अवस्थामा पुगेसँगै आधिकारिकताको विवाद टुंग्याउने निर्णयमा पुगेको छ । मंगलबार निर्वाचन आयोगमा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच भएको छलफलसँगै पार्टी विभाजनको अन्तिम अवस्थामा पुगेको हो ।

अब निर्वाचन आयोगले दुई पक्षमध्ये एउटालाई आधिकारिकता दिनु पर्नेछ । यसअघि पार्टी अध्यक्ष यादवले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन आयोगमा पत्र बुझाएको थियो ।

सोही पत्रका आधारमा आयोगले आज दुवै पक्षलाई बोलाएर छलफल गराएको हो । तर कुनै सहमति हुन नसकेपछि विभाजनको अवस्थामा पुगेको हो ।

आयोगमा सम्पन्न छलफलमा निवेदक पक्षबाट उपेन्द्र यादव, महेन्द्र राय, राजेन्द्र श्रेष्ठलगायतका नेताहरू सहभागी भएको थिए । यस्तै, अर्को पक्षबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरद सिंह भण्डारीलगायत नेताहरूको उपस्थिती रहेको थियो । आयोगले सहमतिका लागि गराएको छलफलमा सहमति हुन नसक्ने जनाएको थियो ।

छलफलमा यादवले पार्टीमा छुट्टाछुट्टै गतिविधि भएकाले मिल्न नसक्ने बताएका थिए भने ठाकुरले आफूहरूले उपेन्द्रको जोगाइदिए पनि बिर्सिएको गुनासो गरेका थिए । यादव पक्षले पार्टी एक हुन नसक्ने भन्दै आधिकारिकताबारे निर्णय गरिदिन आयोगलाई निवेदन पेश गरेको बताएका थिए ।

Advertisement

प्रतिक्रिया