बिहीबार, वैशाख १३, २०८१

एमाले कार्यदलको बैठक सुरु

मेरोन्यूज २०७८ असार २२ गते १४:००

काठमाडौं । पार्टी एकता जोगाउन गठन भएको नेकपा एमालेको कार्यदल बैठक सुरु भएको छ । बैठक सिंहदरबारमा सुरु भएको कार्यदल सदस्य रुघ जी पन्तले बताए । एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुनः ब्युँतिएको थियो ।

कार्यदलले सोमबारदेखि औपचारिकरुपमै काम गर्न थालेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो । बैठकमा अहिलेसम्म भएका छलफलको पुनरावलोकन भएको नेताहरुले बताएका छन् ।

गत जेठ २ गते गठन भएको कार्यदलले ५० दिनपछि औपचारिक छलफल शुरु गरेको हो । लामो समयपछि बसेको कार्यदलको बैठकले एमालेभित्र सहमतिका लागि आशावादी हुने संकेत दिएको जनाइएको छ ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

प्रतिक्रिया