सोमबार, जेठ ७, २०८१

युरोकप २०२० को सेमिफाइनल खेल आजदेखि, उत्कृष्ट टिम भिड्दै

आयुश राठौर २०७८ असार २२ गते १२:५९

काठमाडौँ । जारी १६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज मंगलबार राति १२ः४५ बजेदेखि हुने भएको छ । आजको खेलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने भएको हो ।

Advertisement

इंग्ल्याण्डको वेम्बली स्टेडियममा हुने खेललाई निकै प्रतिस्पर्धात्मक मानिएको छ । आजको खेल जित्दै दुवै टिम फाइन प्रवेश गर्न चाहन्छन् ।

आजको खेल जित्ने टिमले फाइनलमा इंग्ल्याण्ड वा डेनमार्कसँग प्रतिस्पर्धा गर्ने छ । इंग्ल्याण्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुने छ ।

इटालीले फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्पेनसँग भेट पक्का गरेको हो । क्वाटरफाइनलमा इटालीले बेल्जियमलाई २–१ गोलले हराएको थियो ।

यता, तीनपटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भइसकेको छ । जसमा स्पेनले १२ खेल जितेको छ भने ९ खेल इटालीले जितेको छ । बाँकी १२ खेल बराबरीमा सकिएको थियो ।

पछिल्लो १४ खेलमा इटालीले स्पेनलाई दुई पटक मात्र हराउन सकेको छ । ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित भएको छ ।

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया