शनिबार, वैशाख ८, २०८१

चीनको महत्वाकाक्षा र चासो

राष्ट्रपति सी जिनपिङको भाषणबाट बुझ्नु पर्ने पाँच कुरा

सीके तन २०७८ असार २२ गते ११:१७

चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) स्थापनाको १०० औँ वार्षिक उत्सवको अवसरमा देशले हाँसिल गरेको आर्थिक प्रगतिको प्रशंसा गर्दै गर्दा आफ्ना विदेशी प्रतिद्वन्दीहरुलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी समेत दिए । जुलाई १ मा मनाइएको सीसीपी स्थापनाको १ंं०० औँ वार्षिक उत्सवलाई चीनले यति महत्व दिएको थियो कि सिको सरकारले करिब ९० मिनेटसम्म तेनमेन स्कूयरमा चलेको कार्यक्रममा ७० हजार मान्छे उपस्थित गराएको थियो ।

सीके तन


चिनियाँ कम्युनिस्ट पार्टी १३ जना नेताको संयुक्त प्रयासबाट सन् १९२१ मा स्थापना भएको थियो । ती नेता मध्यमा माओत्से तुङ एक थिए । देशमा व्याप्त गरिबी र र राजनीतिक उथल पुथलकाबीच कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । हाल यो पार्टीमा ९ करोड ५० लाख सदस्य छन् । यो माक्सबाद केन्द्रीत समाजवादी पार्टी हो । पार्टीको यो नीतिमा सरकार यसरी समाहित छ कि त्यसले समाज र व्यवसायलाई नै ओझेलमा पारेको छ ।


१०० औँ वार्षिक उत्सवका अवसरमा राष्ट्रपति सी जिनपिङले करिब एक घण्टा दिएको भाषणको केही महत्वपूर्ण कुराहरु यस्ता छन् :-

सी को तेस्रो कार्यकाल र चीनको आगामी सय वर्षको प्रस्तावना

बिहिबारको उत्सव सन् १९९७ मा तत्कालिन राष्ट्रपति जियाङ जेमिङ नेतृत्वको पार्टीले निधारण गरेको दुई शताब्दी लक्ष्य मध्य एक लक्ष्यलाई पूरा भएको संकेतका रुपमा प्रस्तुत गरियो । जियाङ जेमिङले सन् २०२१ सम्म चीनलाई ‘मध्य आय भएको देश’ बनाउने लक्ष्य लिएका थिए ।
उक्त लक्ष्यलाई सीले गति दिए जो सन् २०१२ मा सत्ताको नेतृत्वमा आएका थिए । विशेषगरी उनले गरिबी उन्मुलन कार्यक्रमको रेखदेख गरे । ग्रामिण क्षेत्रमा आर्थिक योजना अन्तर्गत यी कार्यक्रम तीव्रगतिमा अघि बढेको थियो ।

नतिजा स्वरुप करिब १० करोड मानिसलाई नोभेम्बर महिनासम्ममा पूर्ण गरिबीको रेखाबाट माथि उकासिएको छ । बेइजिङले १ दशमलव ६० युआन अर्थात १ डलरभन्दा कम आम्दानी गर्ने व्यक्तिलाई गरिबीको रेखामुनी राख्छ । तर विश्व बैंकको न्यूनतम मापदण्ड १ दशमलव ९० डलरभन्दा कम प्रति दिन आय भएको व्यक्तिलाई गरिबीको रेखामुनी राख्छ ।

‘हामीले पार्टी स्थापनाको पहिलो शतवार्षिकीलाई मध्यम आय भएको देशका रुपमा अघि बढाएका छौँ’, सिले घोषणा गरे । यो उपलब्धि तेस्रो कार्यकालको अपेक्षा गरेका सीका लागि एक माध्यम हो । सीको तेस्रो कार्यकालका विषयमा सन् २०२२ मा मात्रै थाहा हुन्छ । आगामी वर्ष प्रत्येक पाँच वर्षमा एक पटक आयोजना हुने चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनको आयोजना हुँदै छ ।

पार्टीको शक्तिशाली केन्द्रीय कमिटीले सीको तेस्रो कार्यकालका विषयमा निर्णय गर्नेछ । यदी उनी अनुमोदित भएको अवस्थामा पार्टीका नेता देङ साओपिङले एक नेताले पाँच/पाँच वर्षका लागि कम्तिमा दुई कार्यकाल मात्रै नेतृत्व गर्नेछन् भन्ने नीति टुट्नेछ । देङले माओको शासनकालमा भएको मानवीय त्रुटिलाई सच्याउनका लागि यस्तो नियम ल्याएका थिए । माओ जीवनकाल भर नै पार्टीको मुख्य नेता थिए ।

कार्यक्रममा सीले भने, ‘आज सीसीपीले चिनियाँ जनतालाई दोस्रो शह–शताब्दी विकासको लक्ष्यतर्फ डोर्‍याउँदै छ ।’ उनले सन् २०१८ मा पार्टीमा दुई कार्यकाल मात्रै नेतृत्व गर्न पाउने प्रावधानलाई संशोधन गरेका थिए । चीनले सीसीपी स्थापनाको १०० औँ वार्षिक उत्सव मनाउँदै गर्दा सन् २०४९ सम्म विश्वकै सबैभन्दा सशक्त आर्थिक शक्ति हुने लक्ष्य लिएको छ । गत महिना ६१ वर्ष लागेका सी त्यस बखतसम्म त नहोलान् तर पार्टी विरासतको हिस्सा हुन भने चहान्छन् ।

उभिएको इतिहास

सीको भाषणमा देशको विगतको असफलता र वर्तमानको सफलताको विषयलाई स्रोत सामाग्रीका रुपमा उल्लेख गरिएको थियो । ‘१८४० को अफिम युद्धपछि चीन विस्तारै अर्धऔपनिवेशिक, अर्धसामान्ती समाजका रुपमा अघि बढ्दै इतिहासमा नै नभोगेको पीडा भोगेको थियो ।’

आफ्नो भाषणका क्रममा राष्ट्रपपति सीले जापानसँगको युद्ध र चीनकै नेसनल पार्टीको नेतृत्व गरेको चाङ काई सेकसँगको युद्धलाई स्मरण गरेका थिए । त्यस क्रममा उनले क्रान्तिकारी नेता माओ जेदुङ, चाऊ एन लाई र तेङ सिआओपिंगलाई श्रद्धाञ्जली अर्पण गरे । ‘हामीले जनगणतान्त्रिक चीनको स्थापना गर्न र चिनियाँ नागरिकलाई देशको स्वामित्व हस्तान्तरण गर्न उत्तरी अभियान, कृषि क्रान्ति, जापानको आक्रमणको विरुद्धमा प्रतिरोधको आक्रमण र सशस्त क्रान्तिबाट प्रतिक्रान्तिको समाना गरेका छौँ ।’

त्यसक्रममा उनले सीसीपीले नेतृत्व गरेको नीतिहरुका विषयमा भने थोरै मात्रै बोले । जस्तै ग्रेट लिप फरवार्ड, सास्कृतिक क्रान्ति र जुन ४ को तेनमेन स्कूयार घटना जसले सामुहिक रुपमा लाखौँ चिनियाँ नागरिक घाइते भएका थिए । जुन १ को शतवार्षिकी उत्सवको पूर्व सन्ध्यामा राष्ट्रपति सीले राजधानी बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास झल्किने सङग्रालयको उद्घाटन गरेका थिए । देशभर नै यस्तै प्रकारको सुविधाको निर्माण अथवा नवीकरण गरिएको छ । पार्टीको १०० औँ वर्षको उपलब्धी दोहोरी रहने कथा हो जसलाई याद गर्न यस्तो गरिएको छ ।
‘समाजवादकै कारण चीन जोगिएको हो र चिनियाँ प्रवित्तिको समाजवादकै कारण चीनमा विकास सम्भव भएको हो’, राष्ट्रपति सीले आफ्नो सम्बोधनका क्रममा भनेका थिए ।

उनी त्यसभन्दा एक कदम अघि जाँदै २०४९ लाई ‘महान कायाकल्प’ वर्षका रुपमा प्रस्तुत गर्दै विदेशी शक्तिहरुले लगाएको अपमानको विरुद्धको एक अन्तिम सपना हुने बताएका छन् ।


‘वुल्फ वारियसस’ नीति

सीको भाषणमा वुल्फ वारियसस कूटनीतिको झल्को थियो । चीनले अन्य सस्कृतिले प्राप्त गरेको उपलब्धिबाट सिक्न इच्छुक रहेको बताउँदै गर्दा उनले रचनात्मक सुझाव र आलोचनाको स्वागत गर्ने बताए । ‘तर, हाम्रो आन्तरिक नीतिका विषयमा कसैको पनि कुनै प्रकारको आलोचनालाई हामी सहज रुपमा लिँदैनौं’, सीले भने ।

सीले हङकङका विषयमा पनि बोलेका थिए, सन् २०१९ मा त्यहाँ बढदो प्रजातान्त्रिक आन्दोलनलाई निस्तेज गरिएको थियो । राष्ट्रपति सीले हङकङ प्रशासनमा बेइजिङको विशेष अधिकार रहेको स्मरण गराए । हङकङमा भएको प्रजातान्त्रिक आन्दोलनलाई निस्तेज गरेको बेइजिङले त्यहाँ नयाँ प्रकारको आलोचना युक्त राष्ट्रिय सुरक्षा नीति गत वर्ष ल्याएपछि त्यहाँका सबै गतिविधि बेइजिङको नियन्त्रणमा पुगेको छ ।
‘हामी एक देश दुई व्यवस्थाको नीतिमा प्रतिबद्ध छौँ’ यसै नीति अन्तर्गत हङकङका जनताले हङकङमा शासन गर्छन् र मकाउका जनताले मकाउमा, दुवै स्थानमा उच्च स्तरको स्वायत्तता प्रत्याभूत गरिनेछ’, सीले जोड दिँदै भने ।

आफ्नो सम्बोधनका क्रममा राष्ट्रपति सीले ताइवानका विषयमा पनि चीनको धारणा सार्वजनिक गरे । ‘ताइवानको प्रश्नलाई हल गर्नु र पूर्ण चीनको एकिकरण गर्नु एक ऐतिहासिक लक्ष्य हो, यो लक्ष्यमा चिनियाँ कम्युनिस्ट पार्टी प्रतिवद्ध छ ।’ सीले ताइवानलाई स्वतन्त्रता घोषणा गर्ने कुनै पनि प्रयासलाई कुचल्ने कसम खाएका छन्, ताइवानलाई चीनले आफ्नो अभिन्न क्षेत्र मान्दै आएको छ ।

कुनै देशको नाम उल्लेख नगरिए पनि अमेरिका र उसका साझेदार देश सीको निशानामा थिए । हामी कुनै पनि विदेशी शक्तिले हामीलाई धम्काउन, उत्पीडित गर्न र आफ्नो अधिनमा लिने अनुमति कहिल्यै दिदैँनौँ’, सीले भने । जोकोहीले यो प्रयास गर्नेछ त्यो शक्ति १ दशमलव ४ बिलियन चिनियाँ नागरिकको सामना गर्नुपर्नेछ ।

चीनमा धनी र गरिबबीचको खाडल बढ्दै छ भने जनजातिसँगको घर्षण पनि बढ्दो क्रममा छ । अमेरिका लगायतका देशले चीनले बहुसंख्यक मुश्लिम उइगुर समुदायमाथि चीनले गरेको दमनको विरोध गर्दै उनीहरुको मानव अधिकारको हनन भएको भन्दै आएको छ । तर, सिले यस विषयलाई प्रत्यक्ष रुपमा आफ्नो भाषणमा समावेश गरेनन् ।

‘हामीले हिडेको विगतको र आगतको बाटोलाई हेर्दै पार्टीको दृढ नेतृत्वको बलमा र सबै सम्प्रदायका चिनियाँ नागरिकको एकताले हामी एक समाजवादी देश बनाउने हाम्रो लक्ष्य भेटाउने छौँ । यसरी देशलाई कायापलट गर्ने चिनियाँ सपना सकार बनाउन हामी सक्षम हुनेछौँ ।’


के चिनियाँ जनता सीसँग छन् ?

राष्ट्रपति सीले सम्बोधनका क्रममा चिनियाँ युवाहरुलाई आब्हान गर्दै सन् २०४९ सम्म चीनलाई विश्वको शक्तिशाली आर्थिक शक्ति बनाउने ‘लक्ष्यलाई आफ्नो काँधमा’ लिन आग्रह गरे । चिनियाँ एकतन्त्रिय निरंकुश शासनको नियन्त्रणमा रहेको सञ्चार माध्यमलाई कतिले सुनेका थिए भन्ने यकिन गर्न गाह्रो हुन्छ ।


केही सापेक्षित रुपमा स्वतन्त्र समाजिक सञ्जालमा आएको कुराहरुलाई आधार मान्ने हो भने चिनियाँ युवाहरुमा नौराश्यपन आउन थालेको छ । विशेषगरी समृद्ध जीवनको लोभमा भएको दौडले उनीहरुमा यस्तो अवस्था आएको बताइन्छ । उनीहरुले त्यसलाई ‘ले फ्लैट’ नामकरण गर्ने गरेका छन् । ले फ्लैट बढी आफू केन्द्रीत हुने र कम महत्वकाक्षी हुने गर्छन् । खासगरी देशमा जन्मदर कम हुँदै गएको र आर्थिक वृद्धिदर अनिश्चित भएको अवस्थामा उनीहरुले देशको अवस्थालाई इंगित गर्न यस्तो शब्दावलीको प्रयोग गरेका हुन् ।


के शक्तिशाली चीनले साथीहरुको विश्वास जित्दै छ ?
सीले भाषण गर्दै गर्दा आधुनिक हवाई हतियार प्रर्दशन गरिएको थियो जसमा जे–२० स्टील्थ फाइटर जेट्स र आक्रमक हेलिकप्टर लगायतका हतियार थिए । १७ विकसित देश जसमा जर्मन, जापान, सिंगापुर लगायतका करिब ६९ प्रतिशत मानिसले चीन र सी जिनपिङले विश्वमञ्चमा गरेको नेतृत्वलाई खासै रुचाएका पाइदैन ।

जुन ३० मा सार्वजनिक अमेरिकी अनुसन्धान संस्था प्युले गरेको अनुसन्धानमा यस्तो देखाइएको छ । यस्तै चीनका छिमेकी देश दक्षिण एसियाका ६२ दशमलव ४ प्रतिशत मानिसले दक्षिण चीन सागरमा चीनको बढ्दो सैन्यकरणमा चासो राखेको पाइएको छ । फेब्रुअरी महिनामा सिंगापुरको आईएसईएएस–युसुफ इसाक इन्स्टिच्युडले गरेको अध्ययनमा यस्तो पाइएको हो ।


(सीके तनको यो लेख निक्केईमा ५ जुन २०२१ मा प्रकाशित छ ।)

प्रतिक्रिया