आइतबार, जेठ ६, २०८१

काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज आजबाट, खोप केन्द्र कहाँ कहाँ छन् सूचनासहित

मेरोन्यूज २०७८ असार २२ गते ७:४८

काठमाडौं । कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज खोप अभियान काठमाडौंमा आज सुरु हुँदै छ ।

Advertisement

खोप अभियान काठमाडौंका ११ वटै स्थानीय तहमा सञ्चालन हुने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए ।

स्वास्थ्य कार्यलय काठमाडौंले खोप केन्द्रहरुको सूची प्रकाशित गर्दै २५ जेठपछि भेरोसेलको पहिलो मात्रा लगाएका काठमाडौंवासीलाई तोकिएका केन्द्रमा गएर दोस्रो मात्रा लगाउन आग्रह गरेको छ । ६० देखि ६४ वर्ष उमेर समुहका नागरिकलाई दोस्रो डोज खोप दिन लागिएको हो ।

काठमाडौं महानगरका लागि ३२ वटा वडा मै खोप केन्द्र तोकिएको छ । जिल्लाभर दोस्रो खोप २४ असारसम्म चल्ने जानकारी दिदै तोकिएका केन्द्रमा विहान १० देखि अपरान्ह ४ बजेसम्म पुगेर खोप लगाउन सकिने खड्काले बताएका छन् ।

भेरोसेल खोपको दोस्रो डोज लगाउने सम्वन्धी स्वास्थ्य कार्यालय काठमाडौंको सूचना

प्रतिक्रिया