आइतबार, जेठ ६, २०८१

आजको राशिफलः आषाढ २२ गते मंगलबार

ज्यो. दिवाकर पन्त २०७८ असार २२ गते ६:१०

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको २२ गते मंगलबार, आषाढ कृष्णपक्षको द्वादशी तिथि । अब लागौं आजको राशिफलतर्फ

Advertisement

मेष
बोलीको प्रभाव बढेता पनि मृदुभाषीपन पनि बढ्ने छ । परिवारमा किचलो देखा पर्ने छ । फलामजन्य कारोवार, हार्डवेयर, निर्माण सामग्री, सार्वजनिक सवारीसाधन, ग्यारेज जस्ता पेशामा आवद्धहरुलाई अनुकुल रहेको छ । आम्दानीमा बृद्धि हुने छ ।

वृष
रिस कडा खालको देखा पर्ने भएकाले संयमित रहनु होला । दोहोरो स्वाभाव भएको व्यक्तित्व बन्न पुग्ने भएकाले यसबारेमा विचार पु¥याउनु होला । भाडाका सवारीसाधन, सार्वजनिक यातायात, ग्रिल उद्योग, विषादीको कारोवार, रसायनिक फलको कारोवार, श्रम जगतमा कार्यरतहरुलाई अनुकुल रहने छ ।

मिथुन
दृढ व्यक्तित्व हुने भएता पनि मनमा दुविधाले सताउने छ । पैतृक सम्पत्ति र जम्मा भएको धन सम्पत्ति खर्च हुने चुनौति रहेकाले संयमित रहनु होला ।सेवा, नोकरी, सार्वजनिक सवारीसाधन, घर घडेरीको कारोवार, श्रम क्षेत्र, होटल, रेष्टुरेण्ट, डान्स बार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय प्रतिकुल देखिन्छ ।

कर्कट
आफ्नो लक्ष्य प्रति समर्पित हुने खालको स्वाभाव हुने छ भने मनमा दृढता आउने छ । तर मनोबल कमजोर भएको लुलो व्यक्तित्व हुने हुँदा अरुले हेप्ने छन् । भाग्यहिनताको आभाष हुने छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुने छैन् ।

सिंह
संयमित रही अघि बढ्नु पर्ने समय सक्रिय रहेको छ । पेशागत विषयमा दुविधा देखिने छ । पेशागत जीवनमा द्वन्द तथा बादबिबादको सामना गर्नु पर्ने छ । साझेदारीमा गरिएका काममा मनमुटाव आउने छ । भोगिरहेको सुख सुविधाका साधन त्याग्नु पर्ने वा बेच्नु पर्ने जस्तो अवस्था आउने चुनौति छ ।

कन्या
पेशागत जीवनमा सकारात्मक सुधारहरु देखा पर्ने छन् । भाग्यको साथ रहेकाले आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । सोचे जति आम्दानी भने प्राप्त भने नहुने भएकाले सकारात्मक बनि अघि बढ्दै रहनु होला । शिक्षा क्षेत्र, स्टेसनरी, अध्यापन, व्यवस्थापन जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।

तुला
आम्दानीमा थोरै बृद्धि भए जस्तो हुन जाने छ । परिवारमा द्वन्द चर्किने छ । बोलीको प्रभाव पनि घट्न पुग्ने भएकाले संयमित भएर मात्र बोल्ने गर्नु होला । मनमा दुविधाले असाध्यै सताउने छ भने उदासिनता देखा पर्ने छ । पेशागत जीवनमा मनोबल कमजोर भएको व्यक्तित्व जस्तो भएर प्रस्तुत हुनु पर्ने अवस्था आउने भएकाले ध्यान दिनु होला ।

वृश्चिक
मनमा नकारात्मक विचारले सताउने छ । नैराश्य दृष्टिकोण हावी हुन जाँदा जाँगरको अभाव हुने छ । भाग्यले साथ नदिएकाले औसत अवस्थामा टिकि रहने प्रयास गर्नु वाञ्छनीय हुने छ । राजनीति, प्रशासन, बैंकिङ्ग क्षेत्र, व्यवस्थाकीय तह, वाणिज्य क्षेत्र आदीमा सहभागिहरु संयमित रहनु होला ।

धनु
मनमा दोहोरो विचार निरन्तर आइ रहँदा निर्णय लिन नसक्ने व्यक्तित्व देखा पर्ने छ । मेहनत गरेर गरेको आम्दानी गलत क्षेत्रमा अनावश्यक रुपमा खर्च हुन पुग्ने चुनौति रहेको छ । पत्रकारिता, लेखक, बोलेर खाने पेशा, स्टेसनरी, छालाजन्य कारोवार आदीमा संलग्नहरुलाई समय प्रतिकुल रहने छ । श्रमिक र सेवा क्षेत्रमा रहेकाहरुलाई अनुकुल रहने छ ।

मकर
दृढ प्रकृतिको व्यक्तित्व हुँदा कसैले पनि हेप्न सक्ने छैनन् । रिस भने नियन्त्रण गर्ने प्रयास गर्नु होला । दाम्पत्य जीवनमा बिबाद र द्वन्दले गर्दा नैशाश्यता बढाउने छ । आम्दानी सोच जस्तो हुने छैन् वा अपेक्षा गरेका क्षेत्रबाट आम्दानी प्राप्त हुने छैन् । साझेदारीमा गरिएका काममा चनाखो रहनु होला । प्रतिष्पर्धात्मक क्षमता हुने हुँदा आत्तिई हाल्नु पर्ने अवस्था भने छैन् ।

कुम्भ
विदेश जाने बारेमा रहेको अवरोधहरु हट्दै केही उज्यालो पक्ष देखा पर्ने छ । ज्ञानि स्वाभावको व्यक्तित्व हुने छ । पेशागत जीवनमा भने समस्याहरु आउने भएकाले सकभर पेशागत विषयमा बादबिबाद भन्दा संयमिताबाट अघि बढ्नु नै बुद्धिमानी हुने देखिन्छ । आम्दानीमा भने केही बृद्धि हुन जाने छ । धेरै जोखिम भन्दा औसतमा धानिने प्रयास गर्नु नै राम्रो हुने छ ।

मीन
आफ्नो लक्ष्य प्रति केन्द्रीत रही रहने उर्जा प्राप्त हुने छ । धेरै उत्साही भई जोखिमहरु मोलि हाल्ने अवस्थामा समय रहेको छैन् । पेशागत जीवनमा गुमाउने अवस्था आउने भएकाले संयमित रहनु होला । सन्तान सुख प्राप्त हुने छैन् । शिक्षण, अध्यापन, धार्मिक वस्तुको कारोवार, स्टेसनरी, वकालत जस्ता पेशामा आवद्धहरुलाई समय चुनौतिपूर्ण देखिन्छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया