शनिबार, वैशाख १५, २०८१

मलेसियामा अवैध आप्रवासीका लागि रिक्यालिब्रेशनकाे समय थप

मेरोन्यूज २०७८ असार २१ गते २२:२०

काठमाडाैं । मलेशिया मन्त्रिपरिषद्को बैठकले अवैध आप्रवासीहरूका लागि ३१ डिसेम्बर २०२१ सम्म रिक्यालिब्रेशन को समय थपेको छ ।

रिक्यालिब्रेशन योजनाको कार्यान्वयनलाई सबा र सारवकमा राज्य सरकारहरूको सहमति जनाएको छ। १ जुलाई २०२१ सम्ममा २ लाख २५ हजार ८३ अवैध आप्रवासीले रिक्यालिब्रेसन योजनामा ​​भाग लिनको लागि दर्ता गरेका छन् ।

त्यसमध्ये ९७ हजार ८९२ अवैध आप्रवासीकाे फिर्ती रिक्यालिब्रेशन प्रोग्राममार्फत आफ्नो मूल देश फर्कन दर्ता गरिएको छ । मलेसियामा नेपालीलगायत अन्य देशका आप्रवासी श्रमिक अवैधरूपमा बसाेबास गर्दै आएका छन् ।

प्रतिक्रिया