शुक्रबार, वैशाख ७, २०८१

क्यानडा पठाइदिने भनेर पैसा लिएकाे भन्ने विषयमा बाेले प्रभु साह

मेरोन्यूज २०७८ असार २१ गते २१:२९

काठमाडाैं । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री प्रभु साहले क्यानडा पठाइदिने भन्दै पैसा लिएकाे भनेर आएकाे समाचारमा कुनै सत्यता नरहेकाे बताएका छन् ।

सर्वसाधारणालाई क्यानडा पठाइदिने भनेर पैसा लिएको भन्दै समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा लेख्दै उनले सुनियोजित रुपमा आफ्नाे नाम जोडेर केही अनलाइनहरुमा समाचार सम्प्रेषण भएकाे भन्दै ध्यानाकर्षण भएकाे जनाएका हुन् ।

यी निराधार, कपोलकल्पित र निकै भ्रामक आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु- उनले भनेका छन् ।

उनले बिना कुनै तथ्य प्रमाण चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने केही प्रायोजित अनलाइनका कारण मिडिया माथिको विश्वास घट्न थालेकोले यस्ता अनर्गल प्रचारबाजी गर्ने कार्य बन्द गर्न/गराउन आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया