शनिबार, वैशाख ८, २०८१

नेपालगञ्ज उपमहानगरपालिकाको एक अर्ब ५४ करोड बजेट पारित

मेरोन्यूज २०७८ असार २१ गते २०:००

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको नवौं नगरसभाले आर्थिक २०७८/०७९ का लागि रु एक अर्ब ५४ करोड ७७ लाख बजेट पारित गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले यही असार १० गते नवौं नगरसभामा प्रस्तुत गर्नुभएको वजेट आज बसेको नगरसभाको बैठकले पारित गरेको हो ।

नगरसभाले कन्या कलेज सञ्चालनका लागि विनियमावली पारित गरेको छ । त्यस्तै फुल्टेक्रास्थित नेपाली सेनाको फिए रहेको स्थानमा खेलकूद एकेडेमी निर्माणको प्रस्ताव पनि पारित गरेको छ । यो प्रस्ताव सैनिक नेतृत्वसँगको आपसी समन्वयका आधारमा पारित गरिएको बताइएको छ । नगरसभाले कर्मचारीको वृत्ति विकासलगायत निर्णय पनि पारित गरेको छ ।

नगरसभामा सुशासन समितिका संयोजक नरवहादुर विष्ट र साझेदारी विकास कार्यदलका संयोजक तथा कार्यपालिका सदस्य कौशलकुमार धोवीले प्रस्तुत गरेका ती प्रतिवेदन नगरसभाले पारित गरेको हो ।

प्रतिक्रिया