शनिबार, वैशाख ८, २०८१

पत्रकारमाथि अर्नगल टिप्पणी गर्ने वडाध्यक्ष चौधरीमाथि कारवाही माग

मेरोन्यूज २०७८ असार २१ गते १५:०४

कपिलबस्तु । पत्रकारमाथि अर्नगल टिप्पणी गर्ने कपिलबस्तु बिजयनगर–७ का वडाध्यक्ष दिनेश चौधरीमाथि नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाले कारवाहीको माग गरेको छ ।

कपिलबस्तु शाखाका सदस्य पत्रकार सनिउल्ला धोबी माथि वडाध्यक्ष चौधरीले आफनो समाचार प्रसारण गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै चरित्र हत्या प्रयास गरेका थिए ।

वडा अध्यक्षको यस्तो हर्कतका विरुद्ध पत्रकार महासंघले उनलाई कारवाहीको माग गरेको हो ।

महासंघले समाचारको बिषयमा असन्तुष्टि वा चित्त नबुझेको भए उजुरी गर्ने स्थान हुँदा हुँदै फेसबुक मार्फत अर्नगल टिप्पणी गर्दै चरित्र हत्या गरिएको भन्दै वडाध्यक्षमाथि ऐन कानुन अनुसार कारवाहीको माग गरिएको छ ।

महासंघले आगामी दिनमा पत्रकारमाथि यस्ता लक्षित घटना नगर्न समेत सचेत गराएको पत्रकार महासंघ कपिलबस्तु शाखाका अध्यक्ष किरनमान वज्रार्चायले जानकारी दिए ।

प्रतिक्रिया