बिहीबार, चैत १५, २०८०

कोपा अमेरीका र यूरोकपमा सट्टाबाजी गर्ने ८ जना पक्राउ

मेरोन्यूज २०७८ असार २१ गते १४:५९

काठमाडौं । युरोप र अमेरिकामा संचालन भईरहेको युरोकप (२०२०) र कोपा अमेरिका कप फुटबल खेलमा सट्टाबाजी गर्ने ३ भारतीय सहित ८ जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले काठमाडौंको सुकेधारा बस्ने ५६ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं ढोकाटोल बस्ने ४७ वर्षीय जिवन लामा, पर्साको विरगंज घरभई हाल काठमाडौंको कुलेश्वर बस्ने ४६ वर्षीय सुरज टिवडेवाल, चितवनको खैरहनी घर भई हाल काठमाडौंको धापासी बस्ने ४५ वर्षीय गोविन्द प्रसाद आचार्य र मोरङको विराटनगर घर भई हाल काठमाडौंको मरुटोल बस्ने ४६ वर्षीय अमरनाथ गुप्तालाई पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीले छिमेकी राष्ट्र भारतको बिहार पुर्बिचम्पारणस्थित रक्सौल घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने ४६ वर्षीय अशोक कुमार गुप्ता, भारतको हरियाना विवरनीस्थित घर भई हाल काठमाडौंको इन्द्रचोक बस्ने ४९ वर्षीय राजेश कुमार अग्रवाल र भारतको राजस्थान झुनझुनस्थित सुरजगढ घर भई हाल काठमाडौंको क्षेत्रपाटी बस्ने वर्ष ३३ को सुचित डालमिया अग्रवाललाई समेत पक्राउ गरेको महानगरीय अपराध महाशखाले जनाएको छ ।

गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थान बाटउनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनिहरुको साथबाट नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल बरामद गरेको छ । पक्राउ परेका उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरी आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाण्डौं पठाईएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

Advertisement


प्रतिक्रिया