शुक्रबार, वैशाख १४, २०८१

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकियो, एमिकस क्युरीको बहस सुरु

मेरोन्यूज २०७८ असार २१ गते १४:४९

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको बहस सकिएको छ । रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस आज सोमबार दिउँसो सकिएको हो ।

आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरेका थिए । अब संवैधानिक इजलासले एमिकस क्युरीको राय लिन बाँकी रहेको छ ।

आजै दिउँसोदेखि एमिकस क्युरीको बहस सुरु हुने भएको छ । प्रतिनिधिसभा विघटन मुद्दामा नेपाल बार एशोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बार एशोसिएसनका तर्फबाट कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीका रुपमा चयन भएका छन् । उनीहरूको रायका लागि २ घण्टा समय छुट्याइएको छ ।

रिट निवेदक पक्ष र विपक्षी पक्षका लागि बहस गर्न १५–१५ घण्टाको समय विभाजन गरिएको थियो ।

प्रतिक्रिया