शुक्रबार, वैशाख ७, २०८१

निर्वाचनका लागि जुट्यो आयोग

निर्वाचन आयोगले बनायो चुनावी कार्यतालिका (तालिका सहित)

असोज २० र २१ गते पहिलो चरण र असोज ३१ र कात्तिक १ मा दोस्रो चरणको चुनावका उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नुपर्ने

मेरोन्यूज २०७८ असार २१ गते १३:२४

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधीसभा निर्वाचनको चुनावी कार्यतालिका बनाएको छ । सरकारले कात्तिक २६ र मंसिर ३ मा दुई चरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गरेपछि आयोगले कार्यतालिका तय गरेको हो ।

निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुका लागि दल दर्ता, उम्मेदवारी दर्ता, चुनाव चिन्ह प्रदान गर्ने देखि निर्वाचन केन्द्रका अधिकृत चयन सम्मको कार्यतालिका आयोगले बनाएको हो ।

निर्वाचन प्रयोजनका लागि भन्दै उसले पहिलो चरणको निर्वाचन कात्तिक २६ गतेका लागि उम्मेदवारका लागि असोज २० र २१ गते समय तय गरेको छ ।

त्यस्तै दोस्रो चरणका मंसिर ३ का लागि असोज ३१ र कात्तिक १ मा उम्मेदवारी मनोनयनको कार्यतालिका तोकेको छ ।

पहिलो चरणका उम्मेदवारहरुको अन्तिम नामावली असोज २५ गते नै सार्वजनिक गर्ने र उम्मेदवारहरुलाई चुनाव चिन्ह् पनि सोही दिन नै दिने गरी आयोगले कार्यतालिका बनाएको छ। त्यस्तै दोस्रो चरणका लागि कात्तिक ७ गते उम्मेदवारहरुकोअ नितम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाइक्षर्् चुनावचिन्ह दिने तयारी आयोगले गरेको छ ।

यधपी प्रतिनिधीसभा विघटनको विषय अहिले अदालतमा छ । अदालतले यसै साता यस विषयमा निर्णय गर्ने तयारी छ ।

राजनीतिक दल दर्ता साउन १६ देखि २३ गतेसम्म गर्ने र त्यसै अवधीमा राजपत्रमा दर्ता भएका दलहरुको नामावली प्रकाशन गर्ने कार्यतालिका पनि आयोगले बनाएको छ ।

निर्वाचनको अनितम मतदाता नामावली भदौं २३ गते प्रकाशन गर्ने आयोगले कार्यतालिका बनाएको छ।

हेर्नुहोस आयोगले बनाएको कार्यतालिका

प्रतिक्रिया