आइतबार, जेठ ६, २०८१

अमेजनबाट सिइओको पद छाड्दै विश्वका धनी बेजोस, २७ वर्षमा कमाए २०१ अर्ब डलर

मेरोन्यूज २०७८ असार २१ गते २१:०८

काठमाडौँ । विश्वका सबैभन्दा धनी जेफ बेजोसले जुलाई ५ अर्थात आजको दिनदेखि अमेजन कम्पनीको सिइओ पदबाट राजीनामा दिने भएका छन् । उनले पदबाट राजीनामा दिएसँगै यो पदमा एण्डी जेसीले सम्हाल्ने भएका हुन् ।

Advertisement

पदबाट राजीनामा दिँदै बेजोसले जुलाई ५ आफ्नो लागि सबैभन्दा भावुक दिन भएको प्रतिक्रिया दिएका छन् । सन् १९९४ जुलाईमा बेजोसले अमेजन कम्पनीको सुरूवात गरेका थिए ।

सुरूवाती दिनमा इन्टरनेटबाट किताब बेच्ने गरेको अमेजनले विस्तारै अनलाइन व्यापारमा जोड दिएको थियो । आफ्नो सौतानी बुवाले दिएको ३ लाख डलरबाट सुरू गरेको व्यावसायले बेजोस झण्डै २ सय एक अर्ब डलरसहित विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । यसका बाबजुद उनले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्दा दिएको रकमले उनकी पत्नी विश्वकै सबैभन्दा धनी महिलाको चौथो स्थानमा रहन पुगेकी थिइन् ।

आमावुवाको सम्बन्ध विच्छेद

ज्याक्लिन जोगेर्सन न्युमेक्सिकोमा बस्दै आएकी थिइन् । करिब १६ वर्षको उमेरमा युनिसाइक्लिष्ट टेड जोर्गेन्सनसँग विवाह सम्पन्न भएको थियो । यी दाम्पतीको छोराका रूपमा सन् १९६४ मा जेफ बेजोसको जन्म भएको हो । बेजोसको जन्म भएको एक वर्षमा उनीहरूको सम्बन्ध विच्छेद हुन पुग्यो ।

सम्बन्ध विच्छेदसँगै ज्याक्लिनको काखमा दोहोर जिम्मेवारी थपिन पुग्यो । तर, उनले आफ्नो करियर र छोराको पूरा जिम्मेवारी सम्हालेकी थिइन् । विभिन्न काममा जोडिएकी ज्याक्लिनको भेट माइक बेजोससँग हुन पुग्यो । उनीहरूको भेट भएसँगै विवाहमा परिणत गरे । त्यस समय बेजोस ४ वर्ष भएका थिए । यही क्रममा जेफले बेजोस नाम आफ्नो पिताभन्दा सौतानी बुवाबाट पाएका हुन् ।

स्कुले जीवनमा नै व्यापार सुरू

स्कुलेले जीवनमा नै बेजोस यो जान्न चाहन्थे कि कुन वस्तुले कसरी काम गरिरहेको हुन्छ । त्यसैले बेजोसले आफ्नो परिवारको ग्यारेजलाई प्रयोगशालामा बदलिदिएका थिए । हाइस्कुलको जीवन कालमा नै उनले पहिलो व्यापार ‘द ड्रिम इन्स्टिट्युट’ सुरू गर्न पुगे ।

यो पढाईसम्बन्धी व्यापार रहेको थियो । यसमा भाग लिने ६ जना विद्यार्थीबाट बेजोसले ६ सय डलर आम्दानी गरेका थिए । उनले कम्प्युटर साइन्स तथा इलेक्ट्रिकल इञ्जिनियरिङका साथ सन् १९८६ मा प्रिन्सटन विश्वविद्यालयबाट स्नातक पूरा गरेका थिए ।

जागिरको सुरूवात

बेजोसले सन् १९८८ मा इन्टेल, बेल ल्याब्स तथा एण्डरसन कन्सल्टिङमा काम सुरू गरेका थिए । उनले सोही कम्पनीमा करिब ८ वर्ष काम गरेका थिए । सन् १९९३ मा उनले जागिर छाडेर अनलाइन ुबुक स्टोरु लञ्च गरेका थिए ।

ग्यारेजबाट अमेजनको सुरू

५ जुलाई १९९४ मा बेजोसले आफ्ना पिताको ग्यारेजबाट अमेजन कम्पनीको सुरू गरेका थिए । यसका लागि उनको सौतानी बुवाले ३ लाख डलर सहयोग गरेका थिए ।

अमेजनको वेबसाइटको बिटा टेस्टिङका लागि उनले ३ सय साथीहरूसँग सहयोग मागेका थिए । उनले सन् १६ जुलाई १९९५ मा मात्रै विश्व चर्चित दक्षिण अमेरिकाको नदी अमेजनको नामबाट अमेजन डट कम खोलेका थिए ।

हेलिकोप्टर दुर्घटनामा बालबाल बाँचे

सन् २००३ को कुरा हो, बेजोस एक हेलिकोप्टरमा सवार थिए । उनी टेक्सास जाँदै थिए । उनका साथ वकिल टाइ हल्याण्ड र पायलट चार्ल्स बेला दुई जना सँगै थिए । सोही क्रममा तेज हावाका कारण हेलिकोप्टर अनियन्त्रित भई एक नदीमा खसेको थियो । बेजोस तथा पायलटलाई सामान्या चोट लाग्न पुग्यो ।

पत्नीसँग सम्बन्ध विच्छेद गरी प्रेमिकाको साथ

बेजोसले अमेजन कम्पनीको सुरूवात गर्दै गर्दा पत्नी म्याकेजी बेजोसले ठूलो भूमिका खेलेकी थिइन् । उनीहरूबीच ३ सेप्टेम्बर १९९३ मा विवाह भएको थियो । विवाहको २५ वर्षपछि उनीहरूबीच सम्बन्ध विच्छेद हुन पुग्यो ।

सन् २०१९ मा भएको उनीहरूको सम्बन्ध विच्छेदले विश्वको ध्यान केन्द्रीत गर्न पुग्यो । बेजोसले पत्नीलाई सम्बन्ध विच्छेदपछि ३८ अर्ब अमेरकी डलर बराबरको सम्पती दिएका थिए । सम्बन्ध विच्छेदसँगै म्याकेजी विश्वको सबैभन्दा धनी महिलाको चौथो स्थानमा पुगेकी थिइन् ।

लरेन्स साञ्चेजसँग प्रेम सम्बन्धमा रहेका बेजोसले सम्बन्ध विच्छेदपछि सँगै बस्दै आएका छन् । उनी एक एक एमी पुरस्कार विजेता तथा टेलिभिजनकी एङ्कर छिन् । साञ्चेजले पहिला नै दुईपटक विवाह सम्बन्ध विच्छेद गरिसकेकी थिइन् ।

दुई श्रीमानबाट साञ्चजेले ३ बच्चालाई जन्म दिएका छिन् । यता बेजोसको ४ बच्चाहरू रहेका छन् ।

स्पेस यात्रामा जाने तयारी

बेजोसले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफ्नो सपना पूरा हुन लागेको बताएका छन् । उनले भनेका छन्, ‘जब म पाँच वर्षको थिएँ, तब मैले स्पेस (अन्तरिक्षा)को यात्रा गरिरहेको सपना देखेको थिएँ, अब २० जुलाईका दिन म आफ्ना भाइका साथ अन्तरिक्षाको यात्रा गर्दै छु ।’

प्रतिक्रिया