शुक्रबार, चैत १६, २०८०

नेतृ पम्फा भुषाललाई मातृ शोक

मेरोन्यूज २०७८ असार २१ गते १०:०६


काठमाडौं । नेकपा माओवादी केन्द्रकी प्रभावशाली महिला नेतृ पम्फा भुषाललाई मातृशोक परेको छ । माओवादी केन्द्रकी स्थायी समिति सदस्य समेत रहेकी नेतृ भुसालकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा आज बिहान ७ बजे आफ्नै निवास ललितपुरमा निधन भएको हो ।

इन्द्रकलाको शव श्रद्धाञ्जलीका लागि घरमै राखिएको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु श्रद्धाञ्जलीका लागि निवासमा पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि निवासमै पुगेर इन्द्रकलाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रचण्डले नेतृ भुषालाई परेको मातृ शोक प्रति दुःख व्यक्त गरेका छन् । भुषालकी आमा इन्द्रकला भुषालको आजै विहान १० बजेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी भएको छ ।

प्रतिक्रिया