शनिबार, वैशाख १५, २०८१

काठमाडौंको जोरबिजोर हट्यो, भोलीदेखि सबै सार्वजनिक सवारीसाधन खुला

मेरोन्यूज २०७८ असार २१ गते ९:४७


काठमाडौं । कोरोना महामारीको जोखिम नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको २ महिनापछि काठमाडौं उपत्यकामा निजी तथा सबै खालका सवारीसाधन चलाउन दिइने भएको छ । सँगै थप खुकुलो बनाउँदै असार मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको छ । त्यस्तै यसअघि २५ सिट क्षमताका सवारीसाधन मात्र अनुमति दिइएकोमा त्यसलाई हटाइएको छ । अब माइक्रो, टेम्पोसमेत चल्न पाउनेछन् ।

स्वास्थ्य मापदण्ड पालना गरेर साना तथा ठूला सबै सार्वजनिक सवारी सन्चालनको अनुमति दिइएको काठमाडौं जिल्ला प्रसासनले जारी आदेशमा उल्लेख छ ।

प्रतिक्रिया