बुधबार, असोज १३, २०७८

चितवनमा ९ दिनदेखि बेपत्ता युवतीको शव जंगलमा भेटियो

मेरोन्यूज २०७८ असार २१ गते ८:३९


काठमाडौं । चितवनबाट ९ दिनदेखि हराइरहेकी सुजिता भण्डारीको शव भेटिएको छ । आइतबार साँझ राप्ती नगरपालिकाको ब्रम्हस्थानी सामुदायिक बनमा युवतीको शव फेला परेको हो।

Advertisement

११ गते विहान ६ बजे साथिको घर जाने भनेर हिडेकी उनी सोही दिनदेखि वेपत्ता भएकी थिइन्। भण्डारीको अपहरण भएको भन्दै आफ्न्तले प्रहरीमा उजुरी परेको थियो ।

अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् । शव घटनास्थलमै रहेको र पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ।

जंगलमा च्याउ टिप्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेको एक प्रहरीले मेरोन्युलाई बताए । वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। एक सातादेखि केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया