शुक्रबार, वैशाख १४, २०८१

कक्षा १२ को परीक्षा साउन तेस्रो साता गर्न माग

मेरोन्यूज २०७८ असार २० गते १९:३७

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र १२ कक्षाको परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । बोर्डले साउनको तेस्रो अथवा चौथो हप्ताभित्र परीक्षा सञ्चालन गर्न अनुमति मागेको हो ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको दर कम हुँदै जान थालेसँगै परीक्षा सञ्चालन गर्न सकिने भन्दै परीक्षा गर्न अनुमति माग गरेको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए । गत जेठ २६ बाट सुरु हुने भनिएको परीक्षा कोरोना महामारीसँगै स्थगित भएको थियो ।

गत वर्ष आन्तरिक मूल्यांकनलाई समेत अन्तिम मूल्यांकनको आधार बनाएको थियो ।

प्रतिक्रिया