शनिबार, वैशाख १५, २०८१

उपत्यकामा थप एक साता निषेधाज्ञा थपियो, सबै सार्वजनिक यातायात चल्ने

मेरोन्यूज २०७८ असार २० गते १७:५१

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप्दै निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ ।

आज तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

जोर विजोर प्रणाली हटेको र अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मेरोन्युजलाई जानकारी दिए ।

प्रतिक्रिया