शुक्रबार, वैशाख १४, २०८१

सभामुखतर्फको बहस सकियो, निवेदक पक्षबाट जवाफी बहस सुरु

मेरोन्यूज २०७८ असार २० गते १७:०५

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीको बहस सकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीलाई दुई घण्टा समय दिएको थियो ।

आइतबार सभामुखका वरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लव कुमार मैनाली, अधिवक्ता मेघराज पोखेरल र श्रीकृष्ण सुवेदीले बहस गरेका छन् । सभामुख पक्षका कानुन व्यवसायीको बहस सकिएपछि निवेदक पक्षबाट जवाफी बहस शुरु भएको छ ।

निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले १ घण्टा जवाफ दिएका छन् । २ घण्टा दुई मिनेट समय बाँकी रहेको संवैधानिक इजलासमा सोमवार वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफ दिनेछन् ।

प्रतिक्रिया