शुक्रबार, वैशाख १४, २०८१

कोभ्याक्सअन्तर्गतको कोभिसिल्ड खोप जुलाईभित्र साढे तीन लाख आउने

मेरोन्यूज २०७८ असार २० गते १६:३७

काठमाडौं । नेपाललाई कोभ्याक्सले कोभिड खोप साढे तीन लाख डोज जुलाई महिनाभित्रमा पठाउँने भएको छ ।

स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखा प्रमुख डा.तारानाथ पोखरेलले कोभ्याक्सले जुलाई महिनाभित्रमा ३ लाख ५० हजार कोरोना खोप पठाउँने भएको जानकारी दिए ।

कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपालले कुल एक करोड २० लाख डोज खोप पाउनेछ । नेपालमा यसअघि तीन लाख ४८ हजार डोज आइसकेको छ भने जुलाईभित्र दोस्रो लट पठाउन लागेको बताइएको छ ।

प्रतिक्रिया