शनिबार, वैशाख ८, २०८१

ओलीलाई सम्बोधन गर्दै धर्म निरपेक्षतासहित ८ बुँदे प्रस्ताव पेश

मेरोन्यूज २०७८ असार २० गते १६:३६

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा युवा इञ्चार्ज महेश बस्नेतले ८ बुँदे प्रस्ताव पेश गरेका छन् । उनले संघीयता, धर्म निरपेक्षता, शासकीय स्वरुपलगायत बुँदाबारे प्रस्ताव राखेका हुन् ।

बस्नेतले पेश गरेको प्रस्तावमा वर्तमान अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा समेत अग्रमोर्चामा रहेको बताउँदै ८ बुँदे प्रस्तावहरू पेश गरेका हुन् । उनले पार्टीका कार्यालयका सचिव शेरबहादुर तामाङमार्फत उक्त प्रस्ताव पेश गरेका हुन् ।

प्रतिक्रिया