बिहीबार, वैशाख १३, २०८१

थप १,६०३ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

मेरोन्यूज २०७८ असार २० गते १६:२९


काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६०३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले पछिल्लो २४ घण्टामा थप जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार जनाको आरटी पिसिआर ४ हजार ८७६ जना र एन्टिजेन ३ हजार २५६ परीक्षण गर्दा १ हजार ६०३ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधिमा २ हजार ५५२ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । कम जोखिम भएको जिल्ला ४ रहेका छन् । कोरोना संक्रमण २० देखि ६० वर्ष उमेर समुहका बढी रहेका छन् ।

प्रतिक्रिया