बिहीबार, चैत १५, २०८०

गृहमन्त्रीलाई महराको प्रश्न : अस्मिता धामीले पनि निर्मला पन्तकै नियति भोग्नुपर्ने हो ?

मेरोन्यूज २०७८ असार २० गते १३:४७

काठमाडौं । डडेलधुरा पशुराम नगरपालिका ८ को आधारभुत स्वास्थ्य कार्यालयको कार्यालय सहयोगी अस्मिता धामी बेपता भएको चार दिनपछि हत्या भएको अवस्थामा शर्व भेटिदाँ पनि गृह मन्त्रालयले चासो नदिएको राष्ट्रिय सभा सदस्य महेश कुमार महराले आरोप लगाएका छन् । उनले आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री पौडेलललाई “अस्मिताले पनि निर्मला पन्तकै नियति भोग्नुपर्ने हो ?” प्रश्न गरेका हुन् ।

कोरोना खोप लिएर जाँदा असार २ गते हराएकी धामी चार दिनपछि सामुदायिक वन कार्यालयमा उनको शव हत्या भएको अवस्थामा भेटिएको तर थियो ।

“हत्यारा कहिले पत्ता लाग्छ ,गृह मन्त्रालयले कहिले सार्वजनिक गर्छ के गरेर बसेको छ ? ” थप महराले प्रश्न गरे ।

प्रतिक्रिया