बुधबार, वैशाख १२, २०८१

भारतमा दैनिक २.३४ प्रतिशत कोभिड–१९ संक्रमित

मेरोन्यूज २०७८ असार २० गते १३:३१

नयाँ दिल्ली । भारतमा पछिल्लो पटक कोरोनाभाइरसका दैनिक संक्रमितको संख्या २.३४ प्रतिशत रहेको पाइएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार ७१ जना संक्रमित थपिएका छन् ।

लामो समयपछि एक दिनमा ५० हजारभन्दा कम संक्रमित भएको यो आठौँ पटक हो, मन्त्रालयका एक अधिकारीले भने । भारतमा अहिले संक्रमणमुक्त भएकाहरुको संख्या ९७.०९ रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । पछिल्लो एक दिनमा देशभरी कुल ५२ हजार २९९ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको पाइएको छ ।

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने चार लाख ८५ हजार ३५० रहेको छ । पछिल्लो एक हप्तामा भारतमा थप नयाँ संक्रमितहरुको संख्या २.४४ प्रतिशत रहेको छ, भने दैनिक संक्रमितहरुको संख्या २.३४ प्रतिशत रहेको छ, मन्त्रालयले भनेको छ ।

भारतमा एक दिनमा १८ लाख ३८ हजार ४९० जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या ४१ करोड ८२ लाख ५४ हजार ९५३ पुगेको छ । रासस

प्रतिक्रिया