शुक्रबार, वैशाख १४, २०८१

सानेपामा भारतिय नागरिक मृत अवस्थामा फेला

घटनास्थलमा फरेन्सिक टिम जाँदै

दया दुदराज २०७८ असार २० गते ११:५७


काठमाडौं । ललितपुरको सानेपामा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । प्रहरीले सानेपाको गुसिटोलस्थित राममन्दिर रहेको दुई तले घरमा ५९ वर्षीय सत्य नारायण पारिकलाई मृत अवस्थामा फेला पारेको हो ।


भारतको राष्ट्रनाघुर जिल्लामा घर भई हाल ललितपुरममा बसेर इलेक्ट्रोनिक्स सामान बिक्री वितरण गर्दै आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) करण बर्जाचार्यले मेरोन्युजलाई बताए ।


एसएसपी बज्राचार्य अनुसार घटनास्थलको अबस्था हेर्दा झ्यालबाट छिरेर सामन चोरी गर्ने मनसायले घर भित्र छिरेको र प्रतिकार गर्दैगर्दा हत्या भएको जस्तो देखिन्छ । तालिमप्राप्त कुकुरको सहयोगमा हत्यारा खोज्ने काम भइरहेको छ । शवको गन्ध आउन थालेको र शुक्रबारतिरै हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ

उनका अनुसार पुरुष घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए । घटनास्थलमा कुकुर परिचालन गरिएको उनले जानकारी दिइन् । उनले घटनाबारे थप अनुसन्धान भइरहेको समेत बताएकी छन् । घटनास्थलमा फरेन्सिक टिम आउँदै गरेको एसएसपी बज्राचार्यले जनाईन् ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया