शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्री ओलीसँग वार्ता गर्न विप्लव नेता बालुवाटार जादै

मेरोन्यूज २०७८ असार २० गते ११:५०

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई वार्ता गर्न बालुवाटार जान लागेका छन् । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नेतृत्वको टोली बालुवाटार जान लागेको हो ।

सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको विप्लव पार्टी सहमति कार्यान्वयन नभएपछि ओलीसँग असन्तुष्ट भएको छ । गत फागुन २१ गते विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको थियो । सरकारसँगको सहमतिअनुसार आफ्नो नेता कार्यकर्ताको रिहाइमा ढिलाइ भएको भन्दै विप्लव समूह असन्तुष्ट भएको हो ।

सहमतिमा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर पक्राउ परेका विप्लवका नेता कार्यकर्तालाई रिहा गर्ने भनिएको थियो । भेटमा उनीहरुले ३ बुँदे सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताइएको छ । प्रधानमन्त्रीसँगको भेटपछि विप्लव समूहले आजै पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय जनाइएको छ ।

प्रतिक्रिया