शनिबार, वैशाख ८, २०८१

आजको राशिफलः आषाढ २० गते आइतबार

ज्यो. दिवाकर पन्त २०७८ असार २० गते ६:१४

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको २० गते आइतबार, आषाढ कृष्णपक्षको दशमी तिथि । अब लागौं आजको राशिफलतर्फ

मेष
सबैसँग मिल्न सक्ने खालको व्यक्तित्व बन्ने छ । व्यक्तित्वमा नरमपना देखा पर्ने छ । पेशागत जीवन स्थिर बन्ने छ । फलामजन्य कार्य, निर्माण व्यावसाय, ग्रिल उद्योग, हार्डवेयर, निर्माण जगत आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ ।

वृष
पेशागत क्षेत्र सकारात्मक दिशामा अघि बढ्ने छ । आम्दानीमा पनि केही बृद्धि नै हुन जाने छ । बाठो खालको व्यक्तित्व हुने छ । तर पनि मनमा दुविधा हुने तथा मनमा एक प्रकारको उदासिनताले सताउने छ । शिक्षा क्षेत्र, अध्यापन, शिक्षण, स्टेसनरी, निर्माण क्षेत्र, हार्डवेयर, रङ्ग, ठेक्कापट्टा आदी जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।

मिथुन
भाग्यको अभिबृद्धि हुने छ तर पनि बेला बेला आफुलाई भाग्यहिन भने लागि रहने छ । पारीवारिक सदस्यहरुको बलियो साथ रहने छ । यसका कारण आफ्नो लक्ष्य प्राप्तिको मार्ग र आम्दानीमा ठुलो मद्धत पुग्ने छ । स्टेसनरी, शिक्षण, धार्मिक वस्तुको कारोवार, फेसनेवल सामानको कारोवार, आयात निर्यात आदीमा संलग्नहरुलाई फाइदा मिल्ने छ ।

कर्कट
कर्मशिल हुँदा हुँदै पनि पेशागत जीवनमा अवरोध तथा समस्याहरु आउने भएकाले उच्च सतर्कतासहित कदमहरु चाल्नु होला । मनोबलको मात्रामा पनि गिरावट आउँदा आत्मविश्वासको कमि हुन जाने छ । शारीरिक रुपमा रोग व्याधी तथा कमजोरीले च्याप्ने छ । डान्सबार, होटल रेष्टुरेण्ट, खेल जगत आदीमा संलग्नहरुलाई समय चुनौतिपूर्ण रहेको छ ।

सिंह
प्रतिष्पर्धात्मक क्षमतामा पनि बृद्धि हुने छ । तर शारीरिक कमजोरी र मनोबलको कमि रहन हुँदा उत्साह र उमङ्गको भने कमि हुन जाने छ । आफ्नो लक्ष्य तथा उद्देश्यप्रति केन्द्रीत र समर्पित व्यक्तित्व बन्ने छ । पेशागत जीवन सकारात्मक देखिन्छ । बैंकिङ्ग क्षेत्र, वाणिज्य, आयात निर्यात, किराना पसल, आदीमा संलग्नहरुलाई सकारात्मक देखिन्छ ।

कन्या
प्राय कुनै पनि कुरामा खुशीको अनुभुति नहुँदा मनमा खिन्नताको मात्रा बृद्धि हुने छ । मनमा निराशाले च्याप्ने छ । चिसोबाट र पानीबाट सतर्क रहनु पर्ने देखिन्छ । पेशागत जीवन औसत रहने छ । साझेदारीमा गरिएका कामहरुमा पनि बिबाद देखा पर्ने समय रहेको छ । वाणिज्य, छालाजन्य कारोवार, स्टेसनरी, मार्केटिङ्ग क्षेत्रमा आवद्धहरुलाई केही शुभता रहने छ ।

तुला
चतुरताको अभाव हुने छ । आवश्यक ठाउँमा उचित बुद्धि र उपायहरु आउन ढिला हुने छ । समय संयमत भएर चल्नु पर्ने खालको देखिन्छ । पारीवारिक जीवनका सम्बन्धहरुमा द्वन्द देखा पर्ने छ । पेशागत जीवनमा नसोचिएका समस्याहरु उत्पन्न भई अवरोधहरु देखा पर्ने छन् । फेसनका सामान, सौन्दर्यका सामान, औषधि, कपडा, श्रृङ्गारका सामान आदीको कारोवारमा संलग्नहरुलाई फाइदा मिल्ने छ ।

वृश्चिक
आत्माबलको कमि हुने छ भने आफुलाई भाग्यहिन भएको जस्तो अनुभूति भइरहने छ । मनमा दुविधाका मात्राहरु धेरै देखा पर्दा निर्णय क्षमताको कमि हुने छ । धैर्य भएर तथा संयमित भएर रहनु पर्ने समय रहेको छ । पेशागत जीवनमा जे जस्तो स्थान रहेको छ त्यसमा धानिने कोशिस गर्नु र बिबादमा नपर्नु बुद्धिमानि हुने छ ।

धनु
पारीवारिक जीवनमा सकारात्मक मिलन तथा साथ समर्थन प्राप्त हुने छ । तर परिवारका सदस्यहरुसँग रिसाउने अवस्था आउने हुँदा यस विषयमा भने सतर्क रहनु होला । यात्रामा जाने वा जानु पर्ने हुन सक्छ । पेशागत जीवनमा द्वन्दको अवस्था तथा जुध्नु पर्ने अवस्था आउँछ । धेरै जोखिम मोल्ने समय रहेको छैन् ।

मकर
दृढ खालको र कसैसँग नदब्ने खालको व्यक्तित्व हुने छ । जीवनसाथिको साथ सहित कार्य गरेमा त्यसले राम्रो प्रतिफल दिने छ । पेशागत जीवन औसतमा केही सकारात्मक रहने छ । कुनै पनि उपायद्वारा आम्दानी बढाउनु पर्दछ, भन्ने खालको विचार आउने हुँदा अलि गलत खालका कार्यमा पनि संलग्न हुन सक्ने जोखिम ग्रहले पारि दिएको हुँदा यस विषयमा सतर्क रहनु होला ।

कुम्भ
यात्रा हुने छ । विदेश जाने सन्दर्भमा देखा परेका अवरोधहरु समाधानतर्फ जाने छन् । पेशागत जीवनमा विभिन्न खाले समस्याहरु र द्वन्दको सामना गर्नु पर्ने अवस्था आउने छ । त्यसैले पटक्कै चर्काचर्कि तथा द्वन्दमा जाने खालेका गतिविधिबाट बच्ने प्रयास गर्नु होला । सम्झौता गरेर भए पनि पेशागत जीवनमा रहने प्रयास गर्नु बुद्धिमानी हुने समय रहेको छ ।

मीन
चलाख र भित्रि चतुरता भएको व्यक्तित्व हुने छ । आम्दानीमा केही बृद्धि देखा पर्ने छ । पेशागत जीवनमा भने आफुलाई प्राप्त जिम्मेबारी भन्दा अन्य विषयमा धेरै चासो नदिई प्राप्त जिम्मेबारी राम्रोसँग निभाउने प्रयास गर्नु उपयुक्त हुनेछ । पेशागत र व्यावसायिक विषयमा धेरै जोखिम नलिई अहिलेको अवस्था जे छ त्यसैमा चल्न खोज्दा ठिक हुने देखिन्छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया