शुक्रबार, चैत १६, २०८०

टहरोमा खस्याे, च्यापिएर दुईको मृत्यु

मेरोन्यूज २०७८ असार १९ गते २१:०४

काठमाडाैं । काठमाडौैँको कागेश्वरी मनोहरा नगरपालिका–५ मुलपानीमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यहाँस्थित सडकबाट बा ५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भई पल्टिएर अन्दाजी ५० मिटर तलको टहरोमाथि खस्दा उक्त दुर्घटना भएको हो ।

उक्त घटना हुँदा टिपरले च्यापिएर टहरामा बसेका दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ५३ वर्षीय साईँला तामाङ र श्रीमती ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया