शुक्रबार, चैत १६, २०८०

सर्वोच्चको फैसलासम्म देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले होइनन् : ओली

मेरोन्यूज २०७८ असार १९ गते १७:४८

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट फैसला आउँदासम्म शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर रहने एमाले नहुने बताएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभा विघटनको फैसला आउँदासम्म देउवाको पक्षमा जसको हस्ताक्षर रहन्छ, ती एमाले नरहने बताए ।

उनले भने,‘फैसला हुँदासम्म जो जसको हस्ताक्षर रहन्छ, ती एमालेका नेता–कार्यकर्ता होइनन् । पार्टी जेठ २ मा फर्किसकेको छ । जो आउँदैन उसलाई पर्खिदैनौँ । जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो । जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन । यात्रामा अगाडि पनि साथी भेटिन्छन् ।’

उनले आफूले माधव नेपाललाई प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्नेको हैसियत के हुन्छ भनेर प्रष्ट बताइसकेको पनि बताए ।

Advertisement

प्रतिक्रिया