शनिबार, वैशाख १५, २०८१

महाधिवेशन आगामी वैशाख ३० भित्र गर्ने एमालेको प्रस्ताव

मेरोन्यूज २०७८ असार १९ गते १६:४३

काठमाडौँ । नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेभित्र पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रिय कमिटीको बैठकमा पार्टीको १०औं महाधिवेशन वैशाख ३० गतेभित्र गर्ने प्रस्ताव पेश भएको छ । उक्त प्रस्ताव महासचिव ईश्वर पोखरेलले पेश गरेका हुन् ।

यसअघि एमालेले मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने भनिएको थियो । तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले १०औं महाधिवेशन आयोजक कमिटीलाई भंग गरी केन्द्रिय कमिटीमा रुपान्तरण गरेपछि महाधिवेशन पनि सरेको छ । पोखरेलको संगठनिक प्रस्तावमा पार्टी सदस्यता असार मसान्तसम्म नवीकरण र वितरण गरी साउन ५ भित्र केन्द्रमा पठाउन प्रस्ताव गरिएको छ ।

यस्तै, पार्टी विधान संशोधन प्रस्ताव असार २५ गतेभित्र मातहतका कमिटीमा पठाउने प्रस्ताव गरिएको छ । भदौ ५ गते वडास्तरीय अधिवेशन सुरु गर्ने प्रस्ताव गरिएको छ । यस्तै ३२ वटा पार्टीका केन्द्रीय विभाग प्रमुखलाई पूर्णता दिने प्रस्ताव गरिएको छ । आम निर्वाचनको कार्यतालिकासँग नजुध्ने गरी पार्टी अधिवेशनमा लाग्नुपर्ने पोखरेलले बताए ।

प्रतिक्रिया