शनिबार, वैशाख ८, २०८१

२४ घण्टामा २,३२८ जनामा कोरोना संक्रमित पुष्टि

मेरोन्यूज २०७८ असार १९ गते १६:२६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय २८ जनामा कोरोना भाइरस संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६६ जना संक्रमण मुक्त भएका छन् । यस्तै १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार १३३ जनाको परीक्षण हुँदा २ हजार ३ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ४३ हजार ५८० (पीसीआर) र ३७ हजार ५५६ (एन्टिजेन) जना पुगेको छ भने निको हुनेको संख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ । यस्तै मृतकको कुल संख्या ९ हजार १९८ पुगेको छ ।

प्रतिक्रिया