बिहीबार, वैशाख १३, २०८१

देउवाले गरे आफूनिकट नेतासँग वार्ता, उपसभापति निधि सहभागी

मेरोन्यूज २०७८ असार १९ गते १३:४१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफू पक्षका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । उनले आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा छलफल गरेका हुन् ।

सभापति देउवाले शनिबार बिहान क्रियाशील छानविन समितिका सदस्य र शीर्ष नेतासँग छलफल गरेका हुन् । छलफलमा विपक्षी पक्षसँग भेटवार्तामा रहेका उपसभापति विमलेन्द्र निधिसहित विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महतसमेत सहभागी भएका थिए । यस्तै छानविन समिति संयोजक रमेश लेखकसहित सदस्यहरू पनि छलफलमा सहभागी थिए ।

छलफलमा छानविन समितिका सदस्यहरूले सम्बन्धित क्षेत्रको क्रियाशील सदस्यताका देखिएको समस्याबारे बिफ्रिङ भएको थियो । कांग्रेसको करिब ५ सय वडामा क्रियाशील सदस्यतासम्बन्धी समस्या रहेको संयोजक लेखकले बताए ।

निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नु पर्ने भन्दै देउवाले क्रियाशील सदस्यता चाँडो टुंग्याउन निर्देशन दिएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया