शनिबार, वैशाख ८, २०८१

युरोकपमा क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै

मेरोन्यूज २०७८ असार १९ गते १२:३८

काठमाडौँ । १६ औँ संस्करणको युरोकप फुटबलअन्तर्गत आज शनिबार क्वाटरफाइनलका दुई खेलहरू हुने भएका छन् । आज राति हुने अन्तिम दुई खेलमा चेक रिपब्लिक र डेनमार्क भिड्दा दोस्रो खेलमा युक्रेन र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्ने छन् ।

चेक रिपब्लिक र डेनमार्कको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । खेल नेपाली समयअनुसार ९ः४५ बजे सुरु हुनेछ ।

यी दुई देशबीच तेस्रोपटक भिड्न लागेका हुन् । यसअघिको दुई भेटमा चेक रिपब्लिकले जितेको थियो ।

यस्तै, इंग्ल्याण्ड र युक्रेनबीचको अन्तिम क्वाटरफाइनल खेल इटालीको रोममा राति १२ः४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड र युक्रेन दुवै टिम सेमिफाइनलमा पुग्ने योजनामा हुने छन् ।

इंग्ल्याण्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । इंग्ल्याण्डले प्रि क्वाटरफाइनलमा तीनपटकको च्याम्पियन जर्मनीलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

युक्रेनले भने स्विडेनलाई पराजित गर्दै इंग्ल्याण्डसँगको भेट पक्का गरेको हो । युक्रेनले स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो ।

इंग्ल्याण्डले युक्रेनसँग खेलेको ७ प्रतिस्पर्धामा ४ जित र २ बराबरी खेलेको छ । यस्तै, एक हार व्यहोरेको छ ।

प्रतिक्रिया