शनिबार, वैशाख ८, २०८१

कांग्रेसको १४ औं महाधिवेशन

नेतृत्वमा महिला : आँट नभएको कि, अवसर नदिएको ?

कांग्रेसका अधिकाशं महिला नेतृको दावेदारी पार्टी सहमहामन्त्रीसम्म, त्यो पनि कोटामा परेमात्रै

सञ्जिता खनाल २०७८ असार १९ गते ८:५५

काठमाडौं । नेपाली कांग्रेसको १४ औँं महाधिवेशन नजिकिएसँगै नेतृत्वको चर्चा सुरु भएको छ । मूल नेतृत्वमा पुरूष नेताहरूले जसरी नेतृत्वको दावी गदैं आफनो चुनावी अभियान शुरु गरेका छन्, त्यसरी महिला दावेदारीको चर्चा सुनिएको छैन । चर्चा पनि महिला नेतृहरुको त्यक्ति धेरै कांग्रेसवृतमै पनि छैन । सभापतिमा सुजता कोइरालाले पनि उम्मेदवारी दिने चर्चा त छ तर कार्यकारी मानिने महामन्त्रीमा भने कुनै पनि महिला नेतृको नाम चर्चामा सुनिएको छैन ।


कांग्रेसको महाधिवेशन आउन अव ६० दिन मात्रै बाँकी छ । अर्थात १६ भदौं देखि काग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा हुँदैछ ।

सभापतिको उम्मेदवारी दिने चर्चा गरिरहेकी सुजताले महिलालाई कांग्रेसको नेतृत्वमा पु¥याउन निकट नेताहरुसँग छलफल र वहस गरेकी छिन् । तर उनकै उम्मेदवारी सभापतिमा नहुने काग्रेस नेताहरु चर्चा गर्छन् । यद्यपी सुजाताले भने आफु सभापतिका लागि सक्षम उम्मेदवार भएकोले उम्मेदवारीका बारेमा नेताहरुसँग परामर्श गरिरहेको बताउँछिन् ।


“म सभापतिको सक्षम उम्मेदवार हुँ” सुजाताले मेरोन्यूजसँगको कुराकानीका क्रममा भनिन्, – ‘साथीहरुसँग उम्मेदवारीका विषयमा आन्तरिक छलफलमा छु ।’


अहिले वरिष्ठ नेता र पूर्वमहामन्त्रीसँग आफु छलफलकै क्रममा रहेको उनको भनाई छ । तर, कोइराला परिवारबाटै हाल महामन्त्री रहेका डा.शशांक कोइराला र अर्का नेता डा.शेखर कोइरालाले आ आफनै ढंगले सभापतिको दावी गदै लविङ गरिरहेका छन् । कोइराला परिवारमै शशांक र शेखरले सभापतिमा दावी प्रस्तुत गरिरहेका कारण पनि सुजाताको दाबेदारीलाई कांग्रेसभित्र गम्भिरताका साथ नलिएको देखिन्छ । महामन्त्री दाबी गर्ने अवस्थामा अरू नेतृहरू देखिएका छैनन् । तर, उनीहरूलाई यसबारे प्रश्न गर्दा आफुहरूसँग दाबी गर्ने सामथ्र्य रहेको र भर्खरै महाधिवेशनको कार्यतालिका आएकाले छलफलमै रहेको बताउँछन् ।


नेतृ पुष्पा भुसालले अहिले महाधिवेशन एकताको आधारमा सहमतिको महाधिवेशन भएमा पार्टी, संघ संस्थाका लागि सबैभन्दा राम्रो हुने बताउँछिन् । उनले महिलाबीच एकता हुन सके सह–महामन्त्रीको महिला कोटामै सीमित हुन नपर्ने बताइन् । उनका अनुसार यदि सहमति भएन भने पनि महिलाका लागि छुट्याइएको कोटाभन्दा बाहिर पनि कसरी प्रतिस्पर्धा गर्ने भनेर आफु छलफलकै क्रममा रहेको बताइन् । उनले भनिन्, “विधानमा एक जना महिला सह महामन्त्री बाहेक अन्य स्थानमा महिलाको सम्बोधन गरेको छैन् । तर त्यो एक स्थानमा मात्र नभएर अन्य पदाधिकारीको पदमा महिलालाई लैजान पनि साथीहरुका वीचमा समुहगत रुपमा निर्णय गर्नुपछ ।”


उनका अनुसार नितिगत रुपमा निर्णय गर्ने स्थानमा पनि महिलाको उपस्थित हुनुपर्छ । कांग्रेसमा लामो समयदेखि लागेका महिलाहरु नितिगत निर्णय र हस्तक्षेपकारी भूमिकामा महिलाले स्थान बनाउनु पर्ने वताउँछन् । ‘निर्णय गर्ने भनेको पदाधिकारी नै हो, सदस्य भनेको त सहभागिता मात्र हो । पदाधिकारीहरुमा बढी भन्दा बढी महिलाहरु पुर्याउने हाम्रो लक्ष्य पनि हो । मेरो घोषणा मात्र भन्दा पनि महिला नेतृत्वलाई अगाडी बढाउनुपर्ने भन्ने हो,’ भुषालले बताइन् । उनले आफुले पदाधिकारीमा दाबी गर्ने बताईन् ।


पहिलो पटक मन्त्रीमण्डलमा महिलालाई समावेश गर्ने पार्टी नेपाली कांग्रेस नै हो । द्वारिकादेवी चन्द ठकुरानी काग्रेसको नेतृत्वमा बनेको सरकारमा काग्रेसकै महिलाको तर्फबाट पहिलोपटक स्वास्थ्य सहायक मन्त्री बनेकी थिइन् । दिवंगत नेतृ शैलजा आचार्य सरकारमा उपप्रधानमन्त्री तथा पार्टीमा उपसभापति सम्म बनेको इतिहास काग्रेसमा छ । त्यस्तै मंगलादेवी सिंह पार्टीको नेतृत्व तहमा थिइन् । उनको २०५३ सालमा निधन भयो । सुजाता कोइरालाले पनि उपप्रधानमन्त्री सम्म भएर सरकारमा जिम्मेवारी सम्हालेकी छिन् । उनै सुजता अहिले पार्टीको सभापतिमा दाबेदारी प्रस्तुत गरिरहेकी छिन् । तर सुजाताले गरेको दावेदारी अन्तिमसम्म टिकाउनेमा काग्रेस नेताहरुलाई नै विश्वास छैन ।

१२ औं महाधिवेशनबाट कोषध्यक्ष समेत भइसकेकी र प्रतिनिधीसभाका पूर्व उपसभामुखको जिम्मेवारी सम्हालेकी चित्रलेखा यादव अहिले काग्रेसभित्रै हराउन पुगेकी छिन् । ०६२/०६३ को आन्दोलनका क्रममा चित्रलेखाले सडक सदन चलाएर चर्चा वटुलेकी थिइन् । १३ औं महाधिवेशनमा सीतादेवी यादव कोषाध्यक्ष चयन भइन् ।

कोषाध्यक्ष बने पनि सीतादेवीको भूमिका पार्टीमा अरू पदाधिकारीको जस्तो प्रभावकारी कहिल्यै देखिएन् । उनको भूमिका पार्टीका अन्य पदाधिकारीले हस्ताक्षर गर्न अह्राए, सिकाएकोमा वाहेक अन्यमा खासै देखिएको छैन । कोषाध्यक्ष महिलालाई दिँदा कुनै हानि पुग्दैन भन्ठानेरै संस्थापन र इतरपक्ष दुवै खेमाका नेताले १३ औं महाधिवेशनमा महिलाबीचमै प्रतिस्पर्धा गराएका थिए । त्यसबाहेक पदाधिकारीमा कहिल्यै महिलाले स्थान पाएका छैनन ।


नेपालको संविधानले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चितताको ब्यवस्था गरेको छ । संसदमा प्रतिनिधीसभामा सभामुख र उपसभामुखमध्ये एक महिलाको ब्यवस्था गरेको छ । स्थानिय तहमा गाउपालिकाको अध्यक्ष, उपाध्यक्ष मध्ये एक महिला, नगरपालिकाको मेयर या उपमेयरमध्ये एक् महिला अनिवार्य गराएको छ । तर, त्यो अनुरूप नेपाली कांग्रेसको विधानमा पार्टी नेतृत्वमा महिलालाई नेतृत्वमा पु¥याउन आरक्षणको व्यवस्था छैन ।


केन्द्रिय सदस्य किरण यादवले भनिन्,“आफ्नो क्षमता प्रर्दशन पुरुषले मात्र हैन् महिलाले अवसर पाएमा गर्न सक्छन्, त्यसतर्फअ व महिलाले पनि सोच्नुपर्छ । ” कांग्रेसमा नेतृत्व क्षमतामा पुग्न सक्ने महिलाहरु छन् समय आएपछि आफ्नो आफ्नो स्थानबाट दाबी गर्ने उनले बताइन् । यादवले सह महामन्त्रीमा प्रतिस्पर्धा गर्ने चर्चा कांग्रेसमा चलेको छ । मधेसी कोटामा उनी सह महामन्त्री आउने चर्चा सुरु भएको हो ।


कांग्रेसमा गुटमा नलाग्दा आफ्नो राजनीतिक भविष्य सुरक्षित नठान्ने रोग पुरुषमा जस्तै महिलामा पनि उति नै छ । चुनाव जितेर आउनका लागि संस्थापन वा इतरपक्षको ‘प्यानल’ मा पर्नैपर्ने बाध्यता छ । तलदेखि प्रतिनिधिहरू गुटगत रूपमा चयन भएर आउने भएकाले त्यसको प्रभाव महाधिवेशनमा पर्ने गर्छ । निर्णायक तहमा महिला नभएकाले नेतृत्व तहमा उकाल्ने वातवरण पनि नभएको नेतृ भुसाल बताउँछिन् ।


केन्द्रीय सदस्य डा.डिला संग्रौला अहिले सभापतिको मात्र दाबी प्रस्तुती भईरहेकोले अन्यको दाबी गर्ने समय नआएको हुँदा आफुहरु चुप बसेको बताउँछिन् । उनले भनिन्,“अहिले चर्चा त सभापति हो तर अन्य पदमा दाबी सुरु भएको छैन् ,अन्य पदका लागि दाबी गर्न थालेपछि हामी पनि दाबी गर्न थाल्छौँ ।”


उनका अनुसार सभापति उठ्ने महिलाहरुले आफुलाई प्रस्तुत गर्नुपर्ने बताउँछिन् । ‘सभापतिमा कोही महिला नेतृले उठने इन्छा राख्नुभएको छ भने दावी गरेर अव आउनुपरयो । म त सभापतिमा उठ्ने हैन् पदाधिकारीमा दाबी हुन्छ’ उनले भनिन् “महिलाहरुले आट गरेन् भन्नु गलत हो ।”
उनका अनुसार अहिले सभापतिका दावेदारहरुको भेटघाट र लविङ बाक्लो भईरहेको छ । अन्य पदाधिकारीका लागि कोही पनि नेताले मुख फोरिसकेका छैनन ।

‘जब अरु पदाधिकारीका लागि बोल्न थाल्छन्, हामी पनि बोल्न थाल्छौँ’ उनले आफु सह महामन्त्रीमा सक्षम रहेको बताइन् । महिलाहरूबीचमै एकता छैन । अर्कोतिर नेतृत्व तहमा बस्ने पुरुष नेताहरूको मानसिकता उदार नभएको कांग्रेस नेतृहरु बताउँछन् । संवैधानिक ‘क्लस्टर’ अनुसार समावेशी कोटाका आठ सहमहामन्त्री हुने व्यवस्था विधानमा छ । सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री सहित १३ पदाधिकारी पदमा निर्वाचन हुने विद्यानमा व्यवस्था छ ।


१४ औं महाधिवेशनदेखि कांग्रेसको केन्द्रीय कार्यसमितिको संख्या बढेर १ सय ६८ सदस्यीय हुने भएको छ । नयाँ विधानले आठवटै संरचनामा एक तिहाइ महिला सहभागिता रहनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाका कारण केन्द्रमा पनि न्यूनतम ५६ जना महिला सदस्यले प्रवेश पाउने छन् । त्यसका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिको नौ सदस्य पदमा महिलाबीच मात्रै प्रतिस्पर्धा हुने गरी खुला आरक्षणको व्यवस्था गरेको छ ।


संख्यामा महिला नेतृहरुको केन्द्रीय समितिमा प्रतिनिधित्व ३३ प्रतिशत हुने देखिएपनि नेतृत्व तहमै भने प्रतिनिधित्व गर्ने अवस्थामा अझै महिला नेतृहरुले हिम्मत देखाएका छैनन । नेतृत्व क्षमता प्रस्तुत गर्न कांग्रेस नेतृहरु अझै चुकेका छन् । जति सम्भावना वोकेका महिला नेतृ काग्रेसमा छन्, सुजातालाई छोडेर भन्ने हो भने अहिले सवैजसोको सहमहामन्त्री सम्ममा मात्र दावेदारी प्रस्तुत गर्ने तयारी देखिन्छ ।

त्यो पनि कोटामा टिकट पाए मात्रै । कांग्रेसमा महिला नेतृहरू मूल नेतृत्व दाबी गर्ने भन्दा आफ्ना गुटको नेताको आदेश पालकका रूपमा रहेरै आफुलाई सुरक्षित राख्ने सोचमा रहँदा कांग्रेसमा महिला नेतृत्वमा पुग्न नसकेका कांग्रेसका जानकारहरू बताउँछन् । तर, महाधिवेशनको समय आउन बाँकी नै रहेकाले त्यतिबेला सम्म कोही महिला नेतृले महामन्त्री दाबेदारी गर्ने सम्भावना भने अझै बाँकी नै छ ।

यो पनि पढ्नु होस्

क्रियाशील सदस्यतामा महिला सहभागिता : कति सन्तुष्ट छन् कांग्रेस नेत्री ?

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया