बिहीबार, वैशाख १३, २०८१

क्रियाशील सदस्यतासम्बन्धी विवाद सहमतिमा टुंग्याउने कांग्रेसको निर्णय

मेरोन्यूज २०७८ असार १८ गते २२:२४

काठमाडौं । नेपाली कांग्रेसले राजनीतिक सहमतिका आधारमा क्रियाशील सदस्यता विवाद समाधान गर्ने भएको छ । आज साँझ निकै ढिला गरी शुरू भएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सहमतिका आधारमा सदस्यता विवाद टुंग्याउने निर्णय गरेको हो ।

सदस्यताका विषयमा शीर्ष नेताबीच सहमति भएको नेता रमेश लेखकले जानकारी दिए। अब सदस्यता सम्बन्धी काम तीव्र गतिमा अगाडि बढ्ने उनले बताए ।

केही जिल्लामा अझै क्रियाशील सदस्यता सम्बन्धी विवाद छ । महाधिवेशन कार्यतालिका अनुसार यही असार २० गतेभित्र क्रियाशील सदस्यता केन्द्रलाई बुझाउनुपर्ने छ ।

प्रतिक्रिया