शुक्रबार, वैशाख ७, २०८१

साइनाेफार्मसँग खाेप खरिदबारे सम्झाैता, असार २४ बाट साप्ताहिक रूपमा खाेप आपूर्ति हुने

मेरोन्यूज २०७८ असार १८ गते २१:५४

काठमाडाैंं । लामाे समयकाे प्रयास पश्चात चीनबाट काेराेनाविरूद्धकाे खाेप ल्याउने सम्झाैता भएकाे छ । नेपाल सरकार र चिनियाँ खाेप उत्पादक साइनाेफार्म कम्पनीबीच खाेप खरिदसम्बन्धी सम्झाैता भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

साइनाेफार्मसँग सम्झाैता भएसँगै अब यही असार २४ गतेदेखि नेपालमा नियमित खाेप आपूर्ति हुने छ । साप्ताहिकरूपमा खाेपकाे निश्चित मात्रा नेपाल ल्याइने मन्त्रालयले जनाएकाे छ ।

सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया