बिहीबार, चैत १५, २०८०

निर्वाचन गर्न अर्थले दियो निर्वाचन आयोगलाई झण्डै ८ अर्ब

मेरोन्यूज २०७८ असार १८ गते १६:२४

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च हुने भएको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख खर्च गर्न सहमति दिएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनमा रकम खर्च हुने छ । निर्वाचन गर्न आवश्यक निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापन गर्न उक्त रकम खर्च हुनेछ । २०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मंसिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा निर्वाचनको मिति तोकिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको बताएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको विघटन गरी निर्वाचनको मिति तोकिएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक यजलासमा सुनुवाई हुँदै छ ।

प्रतिक्रिया