शनिबार, वैशाख ८, २०८१

आफ्नै छोरीलाई यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ

मेरोन्यूज २०७८ असार १८ गते १६:००

काठमाडौं । आफ्नै १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बाबु पक्राउ परेका छन् ।

चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

ती पुरुषले छोरीलाई गत जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको भन्ने खबर बिहीबार बेलुका प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग सुडालले जननाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया